बाणिज्य बैंकबाट बीमा कम्पनीमा सिफ्ट हुँदै लगानीकर्ता,  टप गेनरमा अधिकांस बीमा कम्पनीका शेयर

बिजमाण्डू
२०७६ बैशाख ९ गते १४:३५ | Apr 22, 2019
बाणिज्य बैंकबाट बीमा कम्पनीमा सिफ्ट हुँदै लगानीकर्ता,  टप गेनरमा अधिकांस बीमा कम्पनीका शेयर


काठमाडौं। दोस्रो बजारका लगानीकर्ताहरु बाणिज्य बैंकपछि बीमा कम्पनीमा सिफ्ट हुन थालेका छन्। गएका दिनमा बाणिज्य बैंकको शेयरमा मात्रै आकर्षित लगानीकर्ताहरु आजदेखि बीमा कम्पनीहरु आकर्षित देखिन थालेका हुन्। 

Tata
GBIME
Nepal Life

सोमबार जीवन बीमाको सूचक ३.४ प्रतिशतले अर्थात २०७.३६ अंकले सुधार देखिएको हो। त्यस्तै निर्जीवन बीमा कम्पनीको सूचक १.६३ प्रतिशत अर्थात ८९ अंकले बढेको छ। कारोबार रकम धेरै नभए पनि बजार मूल्य भने बढिरहेको छ। 

बाणिज्य बैंकको शेयर मूल्यमा करेक्सन आउन सक्ने भन्दै लगानीकर्ता बीमा कम्पनीहरुमा सिफ्ट भएका हुन्। एक महिनाको अवधिमा बाणिज्य बैंकको सूचक ११३ अंकले सुधार भएको छ। एक महिनाको अवधिमा बीमा कम्पनीको सूचक १९ अंकले मात्रै सुधार भएकोमा सोमबार मात्रै १०१ अंकले सुधार भएको छ। 

बाणिज्य बैंकका शेयरधनीहरुले नाफा बुक गर्न खोजेमा बाणिज्य बैंकको सूचक घट्ने आँकलन गर्दै बीमा कम्पनीको शेयरमा लगानीकर्ता सिफ्ट भएका हुन्। निर्जीवन बीमा कम्पनीको तुलनामा जीवन बीमा कम्पनीहरुको बजार मूल्यमा सुधार भएको छ। 

सबैभन्दा धेरे एभरेष्ट इन्स्योरेन्सको शेयर मूल्य बढेको छ। हकप्रद पस्चात दोस्रो बजारमा मूल्य समायोजन हुँदा कम्पनीको बजार मूल्य ३५४ रुपैयाँमा झरेको छ। सस्तोमा शेयर खरिद गर्नेले डिम्याण्ड बढाउदा कम्पनीको कारोबारमा सर्किट लागेको हो। 

उचित मूल्य पाउने अपेक्षामा कम्पनीको शेयर बिक्री भने कम छ। गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य ३० रुपैयाँ, प्राइम लाइफको २६ रुपैयाँ, लम्बिनी जनरलको २८ रुपैयाँ, नेशनल लाइफ इन्स्योरेन्सको २९ रुपैयाँ, प्रुडेन्सियल इन्स्योरेन्सको २८ रुपैयाँ, एशियन लाइफको १६ रुपैयाँ बढेको छ। 

लगानीकर्ताहरु तुलनात्मक रुपमा सस्ता जीवन तथा निर्जीवन बीमा कम्पनीमा आकर्षित देखिएका हुन्।