दुर्घटनाबाट जोगियो तारा एयरको डोनियर, जहाज चिप्लिएर घाँसेमैदानमा पुगेर धस्सियो

बिजमाण्डू
२०७६ बैशाख ९ गते १०:५५ | Apr 22, 2019


काठमाडौँः काठमाडौँबाट सोलुखुम्बुको फाप्लुका लागि उडेको तारा एयरको ड्रोनियर जहाज अवतरणका क्रममा मन्थली विमानस्थलमा दुर्घटनाबाट जोगिएको छ।

Tata
GBIME
Nepal Life

मौसम खराब भएपछि मन्थली डाइभर्ट गरिएको जहाज बिहान करिब ९ः३८ मा अवतरणका क्रममा चिल्लिएर घाँसे मैदानमा पुगेको हो। नाइन एन एकेके कलसाइन रहेको जहाजमा १४ विदेशी र तीन चालक दलका सदस्य थिए। चालक दलका सदस्यसहित सबै यात्रु सुरक्षित रहेको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ।

घटना लगत्तै हवाई सेवा सुरक्षा विभागको टोली घटनास्थलमा अध्ययनका लागि हिँडिसकेको प्राधिकरणले जानकारी दिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जीर्णोद्धार सुरु भएपछि गत चैत १८ गतेदेखि लुक्लाका उडान रामेछापबाट हुँदै आएको छ।

वैशाख १ गते लुक्ला विमानस्थलबाट रामेछापका लागि उडान भर्न लागेको समिट एयरको विमान विमानस्थलमै दुर्घटनामा परेको थियो। दुर्घटनामा तीन जनाको मृत्यु भएको थियो।