चार्टर्ड, हिमालयन र एसबिआइको शेयर मूल्यमा किन आयो उच्च बृद्धि? ४६ कम्पनीको मूल्य ओर्लियो 

बिजमाण्डू
२०७६ बैशाख ८ गते १६:३५ | Apr 21, 2019
चार्टर्ड, हिमालयन र एसबिआइको शेयर मूल्यमा किन आयो उच्च बृद्धि? ४६ कम्पनीको मूल्य ओर्लियो 

काठमाडौं। शेयर बजार सुधार हुने संकेतसँगै अधिकतम मूल्यका स्ट्याण्डर्ड चार्टर्ड, नेपाल एसबिआई, हिमालयन बैंकको शेयर मूल्य बढ्ने क्रममा सर्किट लागेको छ। 

Tata
GBIME
Nepal Life

नेप्से सूचक घट्दा यी कम्पनीका लगानीकर्ताले ठूलो नोक्शान ब्यहोरेका थिए।

लगानीकर्ताले यी बैंकको शेयरको नोक्सान समायोजन गर्ने क्रममा माग बढाउँदा सर्किट लागेको हो। शेयर बजारको चक्र परिवर्तन हुने भन्दै लगानीकर्ताले हिजोका दिनमा राम्रो साख आर्जन गरेका कम्पनीहरुलाई अहिले छनौटमा राख्न थालेका हुन्। 

बजार बढ्न थालेकाले स्ट्याण्डर्ड चार्टर्ड, नेपाल एसबिआई, हिमालयन, नबिल, एभरेष्टको शेयर मूल्य पहिलाकै मूल्यमा पुग्ने भन्दै सस्तोमा शेयर खरिद गर्न खोज्दा सर्किट लागेको एक ब्रोकरले बताए। 

राष्ट्र बैंकले चुक्ता पूँजी ८ अर्ब पुर्याउने निर्णय गरेपछि चार्टर्डको अधिकतम मूल्य ३८४० रुपैयाँ, नबिल बैंकको २७९४ रुपैयाँ, एसबिआईको २०२० रुपैयाँ, एभरेष्टको ३५७० रुपैयाँसम्म मूल्य पुगेको थियो। 

८ अर्ब पूँजी पुग्दा नपुग्दै कम्पनीहरुको शेयर मूल्य ५०० रुपैयाँ हाराहारीमा झरेको थियो। 

शेयर बजारमा ३२ अंकको बृद्धि हुँदा पनि केही कम्पनीको शेयर मूल्य ओर्लिएको छ। बेष्ट फाइनान्स कम्पनीका शेयरधनीहरुले ४.१६ प्रतिशतले गुमाउने क्रममा बजार मूल्य ९२ रुपैयाँमा ओर्लिएको छ। 

नेपाल सेवा लघुवित्तको शेयर मूल्य पनि २० रुपैयाँले घटेर ४७५ रुपैयाँ कायम भएको छ। आइतबार ४६ वटा कम्पनीको बजार मूल्य तल झरेको छ।