सिमरा होटलको हब बन्दै, औद्योगिक करिडर र सीमा नाकालाई लक्षित गर्दै २५ करोडको लगानी थपिँदै

बिजमाण्डू
२०७६ बैशाख ७ गते १७:५१ | Apr 20, 2019
सिमरा होटलको हब बन्दै, औद्योगिक करिडर र सीमा नाकालाई लक्षित गर्दै २५ करोडको लगानी थपिँदै


वीरगंज। वीरगंज पथलैया औद्योगिक करिडरमा अवस्थित सिमरा विमानस्थललाई केन्द्र बनाएर होटल व्यवसायमा लगानी थपिंदै छ।

Tata
GBIME
Nepal Life

स्थानीय होटल व्यवसायी र उत्साही लगानीकर्ताले होटल व्यवसायमा करिब २५ करोड रुपैयाँ लगानीमा थप्दै छन्।सिमरा विमानस्थलको उत्तरतर्फ वडा नम्बर  १ मा ४ का वडा अध्यक्ष ईश्वर खत्रीले साझेदारीमा तीनतारे स्तरकै होटल निर्माण गरिरहेको छन् । आउँदो असोजदेखि संचालनमा ल्याउने लक्ष्य सहित द्रूत गतिमा होटलको पूर्वाधार निर्माण कार्य भइरहेको छ।होटलमा स्वीमिङ पुल, रेष्टुरेन्ट, बार, सम्मेलन कक्षको साथै र वातानुकूलित ३५ वटा कोठा हुनेछन् । खत्रीले २५ वर्षको लागी जग्गा ‌‌‌‌‌‌‌‌‌‌लिजमा‌ लिएर होटल निर्माण गरेका हुन् ।

करिब ७ करोड रुपैयाँको लगानीमा होटल‌ निर्माण भइरहेको पर्यटन तथा होटल व्यवसायी महासंघ बाराका अध्यक्ष मोहन शर्मा लामिछानेले जानकारी दिए ।यसैगरी होटल‌ तथा पर्यटन व्यवसायी महासंघ बाराका महासचिव समेत रहेका व्यवसायी शम्भु श्रेष्ठले तीन तारे स्तरको सुविधा सहितको होटल निर्माण कार्य शुरु गरेका छन् । त्रिभुवन राजपथमा सूर्य नेपालको चुरोट कारखाना अगाडी सिमरामा स्वीमिङ पुल सहितको एसएस प्लाजा होटल निर्माण गर्न लागिएको हो। साढे दुई कठ्ठा क्षेत्रफल जग्गामा निर्माण गर्न लागिएको होटलमा ३० वटा कोठा हुने होटल व्यवस्थापनले जानकारी दिएको छ ।

३ करोड रुपैयाँ लगानीमा दुई साता अघि सिमरामै होटल‌ गौतम राजको निर्माण कार्य शुरु भइसकेको छ। हेटौंडामा क्वीक ट्वान्टी पार्टी प्यालेस संचालन गरिरहेका व्यवसायीको अगुवाईमा सिमरा नजिकै रहेको पर्सा वन्यजन्तु आरक्षमा‌ जंगल ‌‌‌‌‌‌‌‌‌‌‌सफारीको लागी घुमघाम गर्न आउने पर्यटकलाई लक्षित गर्दै पूर्व पश्चिम राजमार्ग छेउ ५ करोड रुपैयाँ लगानीमा रिसोर्ट निर्माणाधीन छ। नेपाल आयल निगमको क्षेत्रीय डिपोको दुई किलोमिटर उत्तरतर्फ १० कठ्ठा क्षेत्रफलमा निर्माणाधीन क्वीक ट्वान्टी रिभर साइड रिसोर्टमा वातानुकुलित २८ वटा कोठा तयार पारिदैंछ ।

होटल व्यवसायी महासंघ बाराका अध्यक्ष लामिछानेले समेत अमलेखगंज हात्तीसारको प्रवेशद्वार रहेको 'एलिफ्यान्ट भिलेज रिसोर्ट' मा थप २ करोड रुपैयाँ लगानी थप्ने घोषणा गरेका छन् । उनले भने, अमलेखगंज हात्तीसार क्षेत्रमा पानीको सहज उपलब्धता हुन सके होटल र रिसोर्टमा ठूलो लगानी भित्र्याउन सकिन्छ।

निर्माणाधीन अवस्थामा रहेको ६ लेन सहितको एशियाली व्यापारिक मार्ग, विशेष आर्थिक क्षेत्र, फास्ट ट्रयाक, औद्योगिक करिडरमा व्यवसायिक प्रयोजनको लागी आउने आगन्तुकको साथै पर्सा राष्ट्रिय निकुञ्जको पर्यटकीय संभावनाको‌ कारण होटल‌ व्यवसायको आकार बिस्तारिने आशाका कारण होटल‌ व्यवसायमा स्थानीयको लगानी थपिंदै गएको छ ।