महालक्ष्मी वायर्सले जल पाइप्स एण्ड फिटिङ्स नेपाली बजारमा, ब्राण्ड एम्बास्डर मनिषा कोइराला

बिजमाण्डू
२०७६ बैशाख ६ गते १२:१२ | Apr 19, 2019
महालक्ष्मी वायर्सले जल पाइप्स एण्ड फिटिङ्स नेपाली बजारमा, ब्राण्ड एम्बास्डर मनिषा कोइराला


काठमाडौं। महालक्ष्मी वायर्स एन्ड केबल्सले आफ्नो नयाँ उत्पादन जल पाइप्स एन्ड फिटिङ्स बजारमा ल्याएको छ। यो कम्पनी अरिहान्त ग्रुपको विजनेश युनिट हो।

Tata
GBIME
Nepal Life

उत्पादनको बजार शुभारम्भ अरिहान्त ग्रुपका कार्यकारी निर्देशक गिरिस जैन र जल पाइप्स एण्ड फिटिङसकी ब्राण्ड एम्बास्डर मनिषा कोइरालाले गरिन्।
यो पाइप अस्ट्रिया, जर्मनी र जापानको प्रविधि प्रयोग गरेर उत्पादन गरिने जनाउँदै कम्पनीले सेकिसुइ जापानसँग सहकार्य गरेको जनाएको छ।

अकम्पनीका कार्यकारी निर्देशक गिरिस जैनले भने-‘अरिहान्तका धेरै क्षेत्रहरु छन् र हामी पाइप र फिटिङस क्षेत्रमा काम गर्न खोजिरहेका छौं।’ अरिहान्त समूहका देशभर विभिन्न २२ वटा ब्यापारिक क्षेत्र ‘बिजनेस युनिट’मा संलग्न छ।अरिहान्त होलिडेज, महालक्ष्मी केबल्स, अरिहान्त अटोकोरुगेसन, अरिहान्त आइरन एन्ड स्टिल उधोग, अरिहान्त क्यामिकल्स, संसरा रेमिट तीमध्ये हुन्।