६ नेपाली ब्राण्डका उत्पादकको भृकुटी भण्डपमा जुत्ताचप्पल मेला, ६० प्रतिशतसम्म छुट

बिजमाण्डू
२०७६ बैशाख ५ गते १२:१५ | Apr 18, 2019
६ नेपाली ब्राण्डका उत्पादकको भृकुटी भण्डपमा जुत्ताचप्पल मेला, ६० प्रतिशतसम्म छुट

काठमाडौं। नेपाली जुत्ताचप्पल उद्योगी समुहको आयोजनामा राजधानीको भृकुटीमण्डप प्रवेशद्वारमा काठमाडौं फुटवेयर विजनेस एक्स्पो बुधबारदेखि सुरु भएको छ। मेलाको चर्चित हास्य कलाकार तथा टेलिभिजनको हास्यब्यंग्य कार्यक्रम मुन्द्रेको कमेडी क्लवका संचालक जितु नेपालले उद्घाटन गरेका छन्।

Tata
GBIME
Nepal Life

मेलामा बिएफ डियर हिल, रन, क्रसरोड, हाइलाइफ, रोयल, सुल्याण्ड र ग्याज फेसनलगायतका ६ वटा जुत्ताचप्पल उत्पादक कम्पनी सहभागी छन्। मेलामा ग्राहकलाई जुत्ताचप्पल खरिदमा १५ प्रतिशतदेखि ६० प्रतिशतसम्म छुट उपलब्ध गराइने विएफ डियरहिल सुजका प्रबन्ध निर्देशक होमनाथ उपाध्यायले जानकारी दिए। 

मेलामा नेपालमा चलेका अधिकांश जुत्ताचप्पल उत्पादकलाई एउटै छानामुनि समेटिएको छ। मेलामा महिलाका लागि समेत दर्जनौ भेराइटीका जुत्ताचप्पल उपलब्ध छन्। 

गर्मीमा चप्पलको सिजन सुरु भएकाले दर्जनौ मोडलका चप्पल मेलामै लन्च गरिएको रनसुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानले बताए। मेलामा आफ्नो आवश्यकताअनुसार विभिन्न ब्राण्ड र मोडलका जुत्ताचप्पल छानेर लिन पाउने अबसर उपलब्ध हुने न्यौपानेले दावी गरे। 

मेलामा ३ हजारभन्दा बढी मोडलका जुत्ताचप्पल छन्। नेपाली जुत्ताचप्पल उद्योगी समुहले विराटनगर र हेटौंडामा मेला गरेपछि काठमाडौंका उपभोक्तालाई लक्षित गरेर काठमाडौं जुत्ताचप्पल ब्यापार मेला आयोजना गरेको हो।