सबै नेपालीको बैंक खाता अभियान सुरु: बैंकले केही शाखा खुला राखे, खाता खोल्नेलाई १०० रुपैयाँ




काठमाडौं। सबै नेपालीको बैंक खाता अभियान आजबाट सुरु भएको छ। नयाँ बर्षको अवशर पारेर सबै नेपालीको बैंक खाता अभियानको सुरुवात प्रधानमन्त्री केपि ओलीले गर्दैछन्। 

चालु बर्षको बजेटमा उल्लेख भएको कार्यक्रमलाई कार्यन्वयन गर्न प्रधानमन्त्रीले सबै नेपालीको बैंक खाता योजना सुरुवात गरेका हुन्। यस अभियान सञ्चालनका लागि अर्थमन्त्रालय, राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरुले सहकार्य गरेका छन्। 
Sunrise Bank
Sipradee


अभियानमा खाता नहुनेहरुलाई समेट्न राष्ट्र बैंकले सहुलियत दिएको छ। केन्द्रीय बैंकले संस्थागत सामाजिक सुरक्षामा छुट्याइएको बजेट यो योजनामा लगाउने पाउने सहुलियत दिएको हो। जसले गर्दा नयाँ खाता खोल्नेले सुरुमै खातामा १०० रुपैयाँ पाउने छन्। 

अभियान सञ्चालनका लागि सबै बैंक तथा वित्तीय संस्थाले आफ्ना केही शाखाहरु खुला राखेका छन्। राष्ट्र बैंकले खाता खोल्दा केवाइसी (नो योर कस्टमर) लाई सरलीकरण समेत गरिदिएको छ। परिचय खुल्ने सरकारी कागजात हुने ब्यक्तिले सजिलै बैंक खाता खोल्न सक्ने छ। यो खातामाबार्षिक एक लाख रुपैयाँसम्मको कारोबार गर्न पाउने छ।

प्रति ब्यक्ति आय १००४ डलर पुगिसकेको छ। चालु बर्ष १०७४ डलर पुग्दैछ। खाताको बार्षिक कारोबार भने १ लाख रुपैयाँ मात्र राखिएको छ। यसलाई भने अझ सरलीकृत गर्नु पर्ने बैकरको माग छ। 

राष्ट्र बैंकका अनुसार, अहिले बैंक तथा वित्तीय संस्थामा २ करोड ५६ लाख ५८ हजार ३८७ वटा खाता खुलेका छन्। एकै ब्यक्ति तथा संस्थाको दोहोरो/तेहरो पनि खाता खुलेका छन्।

Share this Story

   

सबै नेपालीको बैंक खाता अभियान सुरु: बैंकले केही शाखा खुला राखे, खाता खोल्नेलाई १०० रुपैयाँ को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.