सुजुकी गाडीहरुको नयाँ शोरुम धोवीघाटमा, कम्पनीको प्रमुख शोरुमका रुपमा स्थापना

बिजमाण्डू
२०७५ चैत्र २९ गते १०:०९ | Apr 12, 2019
सुजुकी गाडीहरुको नयाँ शोरुम धोवीघाटमा, कम्पनीको प्रमुख शोरुमका रुपमा स्थापना

काठमाडौं। सीजी मोटोकर्पले सुजुकी गाडीहरुको नयाँ शोरुम खोलेको छ। स्टेट अफ द आर्ट शोरूमको उद्घाटन मारुति सुजुकी इण्डियाका कार्यकारी निर्देशक शशांक श्रीवास्तव र सिजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरीले गरेका छन्। 

Tata
GBIME
Nepal Life

धोबिघाटमा स्थापित स्टेट अफ द आर्ट शोरूम सुजुकीको प्रमुख शोरुमका रुपमा स्थापना गरिएको छ। 

“वे अफलाइफ’’ लाई आधार बनाएर डिजाइन गरिएको सुजुकीको नयाँ शोरुमले सबै जानकारीहरुसमेत उपलब्ध गराउने छ। 

व्यापार यूनिटका प्रमुख सिरज पन्तका आनुसार, ग्राहकहरु शोरुममा गाडी किन्नका लागि मात्र नभई उनीहरु एक उत्साह खोज्न पनि आउँछन्,जुन अरु कहीं पनि पाउन सक्दैनन्। नयाँ सुजुकी शोरुम र यसको वातावरणले उनीहरुलाई त्यो उत्साह प्रदान गर्नेछ।

सुजुकीले देशभर बिक्री, सेवा र जेन्यून स्पेयर पार्टको सबैभन्दा ठूलो सञ्जाल सञ्चालन गर्दछ। कम्पनीले ३३ सेल्स, ३६ सेवा सञ्जाल र थप २०० भन्दा बढी आउटलेटको दावी गरेको छ।