स्वीच अन एग्रेसिभ रुपमा शोरुम विस्तारमा, देशका २० स्थानमा आउटलेट, नव उद्यमीलाई अवसर

बिजमाण्डू
२०७५ चैत्र १२ गते १७:३७ | Mar 26, 2019
स्वीच अन एग्रेसिभ रुपमा शोरुम विस्तारमा, देशका २० स्थानमा आउटलेट, नव उद्यमीलाई अवसर


काठमाडौं। स्वीच अनले एग्रेसिभ रुपमा शोरुम विस्तार गर्न थालेको छ। स्वीच अन इलेक्ट्रोनिक्स सामानको खुद्रा शोरुम हो।

Tata
GBIME
Nepal Life

यो कम्पनीले सामसङ्ग, हिमस्टार, बजाज, टाइमेक्स्, इन्दोएशियन, ओस्रम, अहुजा, ग्यालेन्ज, प्रोलिङ्क, हन्टकी, लगायत ब्राण्डका मोबाइल, टिभी, रेफ्रिजेरेटर, वासिंग मेसिन, एलईडी लाइट्स, घडी लगायतका अन्य इलेक्ट्रोनिक्स सामानहरु बिक्रि वितरण गर्दै आएको छ । काठमाडौंको नक्साल नारायणचौरमा मूख्य कार्यालय रहेको कम्पनीको देशभरका विभिन्न स्थानमा २० वटा शोरुम संचालनमा आइसकेको जनाइएको छ।

‘यो व्यवसाय प्रति रुचि भएका नव उद्यमीहरुलाई अवसर प्रदान गर्नुका साथै आत्मनिर्भर बनाउन मद्दत गर्छ । स्वीच अनमा आवद्ध भएर नव उद्यमीहरुले न्यून लगानीमा सुरक्षित व्यवसाय संचालन गर्न सक्छन्,’ कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘यसमा आवद्ध भएका नव उद्यमीहरुलाई व्यवसाय संचालन गर्नु अगाडि स्वीच अनले उचित तालिम तथा प्रभावकारी बिक्रि योजना, बजार व्यवस्थापन, अकाउन्ट सम्बन्धी जानकारी तथा मार्गदर्शन प्रदान गर्छ।’