काठमाडौं। रनर अटोमोबिल्स् लिमिटेडको नेपाली विक्रेता रमन मोटर्स प्रलिले रनर हक २०० सिसिको डर्ट मोटरसाइकल नेपाली बजारमा भित्राएको छ।
कम्पनीले १ सय ९८ दशमलव ३ सिसी इञ्जिन रहेको मोटरसाइकलले ७५०० आरपिएममा १२ दशमलव ७ हर्स पावर र ५५०० आरपिएममा १४ दशमलव ५ एनएमको टर्क निकाल्ने कम्पनीको भनाई छ।
यो मोटरसाइकल अफरोडमा चलाउन अत्यन्तै भरपर्दो र सजिलो रहेको कम्पनीको भनाई छ। यसको मूल्य ३ लाख ९९ हजार रुपैयाँ छ।