राजस्व वृद्धि २६ प्रतिशत तर पनि पुगेन लक्ष्य, पहिलो ८ महिनामा ५ खर्ब ९ अर्ब रुपैयाँ संकलन

बिजमाण्डू
२०७५ चैत्र ११ गते १२:३० | Mar 25, 2019

काठमाडौं। चालु आर्थिक वर्षको पहिलो ८ महिनामा लक्ष्यको तुलनामा ९१ प्रतिशत राजस्व संकलन भएको छ। अर्थ मन्त्रालयका अनुसार सुरुवाती लक्ष्य ५ खर्ब ५८ अर्ब रुपैयाँ भए पनि फागुन मसान्तसम्ममा ५ खर्ब ९ अर्ब रुपैयाँ मात्रै राजस्व संकलन भएको छ। 

Tata
GBIME
Nepal Life

मूल्य अभिवृद्धि कर लक्ष्यअनुसार संकलन नहुँदा राजस्व संकलन लक्ष्यभन्दा निकै तल रहेको मन्त्रालयको तथ्यांकले देखाएको छ। फागुनसम्ममा ८५ प्रतिशत मात्रै मूल्य अभिवृद्धि कर संकलन भएको छ। भन्सार राजस्व ९३ प्रतिशत संकलन भएको छ। 

अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता उत्तरकुमार खत्रीले गत वर्षको पहिलो ८ महिनाको तुलनामा राजस्व संकलन २३ प्रतिशतले बढेको जानकारी दिए। 'गत वर्षको फागुनसम्ममा ४ खर्ब १४ अर्ब रुपैयाँ राजस्व संकलन भएकोमा यस वर्ष त्यो २३ प्रतिशतले बढेर ५ खर्ब ९ अर्ब रुपैयाँ पुगेको छ,' खत्रीले भने, 'यद्यपि त्यो लक्ष्यभन्दा भने केही थोरै नै हो।' 

वर्षको सुरुमा ९ खर्ब ४५ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको भए पनि मन्त्रालयले बजेटको मध्यावधी समीक्षामार्फत् त्यसलाई संशोधन गरेर ४ खर्ब १७ अर्ब रुपैयाँ कायम गरेको छ।