स्वास्थ्य सम्बन्धी सुचना प्रविधि कम्पनी कोजेन्टको प्रबन्ध निर्देशकमा डेनियल श्रेष्ठ नियुक्त

बिजमाण्डू
२०७५ चैत्र ११ गते १२:१९ | Mar 25, 2019
स्वास्थ्य सम्बन्धी सुचना प्रविधि कम्पनी कोजेन्टको प्रबन्ध निर्देशकमा डेनियल श्रेष्ठ नियुक्त

काठमाडौं। डेनियल डि श्रेष्ठ कोजेन्ट हेल्थ प्रालिका प्रबन्ध निर्देशक नियुक्त भएका छन्। कोजेन्ट स्वास्थ्यसँग सम्बन्धि सुचना प्रविधि कम्पनी हो। खासगरी यसले सफ्टवेयर विकास गर्छ। 

Tata
GBIME
Nepal Life

यसअघि श्रेष्ठ आइएमइपेका प्रमुख सञ्चालन अधिकृत थिए। करिव १ बर्ष ९ महिना त्यहाँ काम गरेपछि उनी कोजेन्टमा आएका हुन्।आइएमइपेअघि उनी आइएमइ समूहमा आबद्ध थिए। पाँच बर्ष ५ महिना उनले त्यहाँ बिताएका थिए। बरिष्ठ प्रबन्धकका रुपमा उनले त्यहाँ काम गरेका थिए। बिजिनेस डेभलपमेन्ट, मार्केटिङ तथा डिजिटल फाइनान्सियल सर्भिसमा उनले काम गरेका छन्।

श्रेष्ठ करिब दुई बर्ष किङ्स कलेजको भिजिटिङ फ्याकल्टी मेम्बर, करिव तीन बर्ष आइएमइ अटोमोटिभ्स प्रालिलगायतमा काम गरेका छन्। श्रेष्ठले मार्केटिङमा एमबिए गरेका छन्।