दाङ र सल्यानमा आइएमई लाइफ इन्स्योरेन्सको नयाँ शाखा बिस्तार, १० किसिमका बीमा योजना ल्यायो

बिजमाण्डू
२०७५ चैत्र १० गते १७:०३ | Mar 24, 2019


काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले दाङ र सल्यानमा  नयाँ शाखामार्फत औपचारिक रुपमा जीवन बीमाको कारोबार प्रारम्भ गरेको छ ।

Tata
GBIME
Nepal Life

दाङको घोराही र सल्यानको श्रीनगरमा खुलेको नयाँ शाखाको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गरे।

दाङस्थित शाखाकार्यालयको उद्घाटन गर्दै अध्यक्ष ढकालले करिव वीस बर्षअघि देखि नै आइएमई ग्रुपका विभिन्न सेवाहरू विशेष प्राथमिकताका साथ दाङ्गमा स्थापना गरिँदै आएको बताए।

उनले सबै प्रकारका वित्तीय आवश्यकता पूरा गर्न ग्रुपले घोराहीमा आइएमई लाइफ इन्सोरेन्सको शाखा स्थापना गरेको  ढकालले जानकारी दिए।

यसैगरी उनले सल्यान जिल्लाको शारदा नगरपालिका १, श्रीनगरमा रहेको समेत नयाँ शाखा कार्यालयको उद्घाटन गरे। कार्यक्रममा सल्यान जिल्ला समन्वय समितिका अध्यक्ष केशबहादुर विष्ट समेत सहभागी थिए। 

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले हाल ६७ भन्दा बढी शाखामार्फत सेवा दिँदै आएको जनाएको छ।

कम्पनीले बिभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ । कम्पनीले सरल सावधिक, बालशिक्षा, आजीवन, नगदफिर्ता, साढे तीन गुणा रक्षावरण, नगदफिर्ता तथा आजीवनलगायतकाबीमा योजनाहरू ल्याएको जनाएको छ।