आशा लघुवित्तले महिलालाई साबुन बनाउने तालिम दियो, बिपन्न महिलालाई आत्मनिर्भर बनाउने

बिजमाण्डू
२०७५ चैत्र १० गते १६:५२ | Mar 24, 2019


काठमाडौं। आशा लघुवित्त वित्तीय संस्थाले महिलाहरुलाई लुगा धुने साबुन बनाउने तालिम दिएको छ।

Tata
GBIME
Nepal Life

संस्थाले तीन दिनसम्म निशुल्क तालिम संचालन गरेको जनाएको छ।

संस्थाका अनुसार शाखा कार्यालय भानू, तनहुँमा आबद्ध सदस्यमध्ये ७५ जना महिला सदस्यहरुलाई तालिम दिएको हो।

संस्थाका शाखा प्रमुख रिता श्रेष्ठले तालिमबाट विपन्न महिलाहरुको आर्थिक क्रियाकलापमा वृद्धि हुने बताइन्। यसबाट महिलाहरु आत्मनिर्भर हुने उनको बिश्वास छ।

तालिमका सहभागीहरुले कम लागतमा साबुन बनाउने तरिका, बजारीकरण लगायतका सम्बन्धमा जानकारी पाएको बताए।

संस्थाले विभिन्न शाखा कार्यालयहरु मार्फत झण्डै ३ सय १९ जना विपन्न महिलाहरुलाई यस प्रकारका सीपमूलक तालिम दिइसकेको जनाएको छ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले यस्तै प्रकारका सीपमूलक तालिमहरु सबै शाखा कार्यालयबाट संचालन गर्ने प्रतिबद्धता जनाए ।

हालसम्म वित्तीय संस्थाले २८ वटा जिल्लाहरुका ४५ शाखा कार्यालयहरु मार्फत करीब ४२ हजारभन्दा बढी सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।