शिवम् सिमेन्टको शेयरमा लाग्यो सर्किट, घट्दो ट्रेण्डमा नाफा बुक गर्ने मानसिकता, शेयर बेच्दै

बिजमाण्डू
२०७५ चैत्र १० गते १४:१८ | Mar 24, 2019

Tata
GBIME
Nepal Life

काठमाडौं। कारोबार सुरु भएको पहिलो दिनमा नै शिवम् सिमेन्टको बजार मूल्य अधिकतम घट्ने क्रममा सर्किट लागेको छ।

समग्र शेयर बजार नै घट्दो क्रममा रहेको अवस्थामा शिवम् सिमेन्टको प्रिमियम मूल्य भन्दा ११८ रुपैयाँ बढी नाफा हुँदा शेयर बेच्ने हावी भएका छन्।

कारोबार सुरु हुँदा अधिकतम पाँचसय रुपैयाँसम्म पुग्ने अनुमानका आधारमा स्पेसल प्रि ओपन सेसनमा नेप्सेले निर्धारण गरेको अधिकतम रेञ्ज भन्दा २० रुपैयाँ घटेर ४ सय ६४ रुपैयाँमा कारोबार भएको थियो।

कम्पनीले दुई सय रुपैयाँ प्रिमियम थप गरी तीनसय रुपैयाँमा सर्वसाधारणलाई शेयर बिक्री गरेकोमा दोस्रो बजारमा सूचीकृत भएर पहिलो कारोबार हुँदा १ सय ६४ रुपैयाँ नाफा देखिएको छ।

प्राथमिक बजारबाट खरिद गरेको भन्दा १ सय ६४ रुपैयाँ नाफा देखिएपछि घट्दो ट्रेण्डमा रहेको बजारमा अझ घट्ने आकलन गर्दै एका एक सेलिङ प्रेसर आउन थालेको एक ब्रोकरले जानकारी दिए।

मार्केट डेप्थमा एकजना पनि शेयर खरिदका लागि छैनन्। साथै लगानीकर्ताले ७६ हजार कित्ता भन्दा धेरै शेयर बिक्रीका लागि राखेका छन्।

सुरुको कारोबार भन्दा ९.९१ प्रतिशतले घटेर ४१८ रुपैयाँसम्म तल झरेको छ। लगानीकर्ताले न्युनतम ४१८ रुपैयाँदेखि ४३० रुपैयाँको बीचमा बिक्रीको लागि राखेका छन्।

प्राथमिक बजारबाट ५१ हजार ८८२ जना सर्वसाधारणले ४४ लाख ३४ हजार कित्ता शेयर खरिद गरेका छन्।

बजार घट्ने आँकलनसँगै दोस्रो बजारमा सक्रिय लगानीकर्ता तथा म्युचुअल फण्डले नै शेयर बेचर नाफा बुक गर्न खोजेपछि बजार तल झरेको हो।