राजनीतिक अभिष्ट पूरा गर्ने समूहले धितोपत्र बोर्डमा लगाएको ताला प्रहरीले तोड्यो, तीन घण्टा ठप्प

बिजमाण्डू
२०७५ चैत्र १० गते १३:३४ | Mar 24, 2019
राजनीतिक अभिष्ट पूरा गर्ने समूहले धितोपत्र बोर्डमा लगाएको ताला प्रहरीले तोड्यो, तीन घण्टा ठप्प


काठमाडौं। नेपाल धितोपत्र बोर्डमा गरिएको तालाबन्दी प्रहरीको हस्तक्षेपपछि खुलेको छ। दबाब समूहको नामको  समूहले शेयर बजारका विषयमा ३२ बुँदे माग राख्दै बोर्डमा तालाबन्दी गरेको थियो।

Tata
GBIME
Nepal Life

यही दबाब समूहले केही महिना अघि  नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा आमरण अनशन बस्दै अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा मागेका थिए। यो समूहले राखेको अधिकांश माग पूरा भइसकेका छन्। अहिले फेरी अचानक आन्दोलन गर्नुको उदेश्य भनेको व्यवसायिक मुद्धालाई समेत राजनीतिसँग जोडेर स्वार्थ पूरा गर्न खोजिएको हो।

बोर्डले ताला खोलेर बार्तामा आउन आग्रह गरेपनि वेवास्ता गरेपछि प्रहरीको सहयोगमा ताला खोलिएको बोर्डका एक कर्मचारीले बताए। यो समूहले
विहान १० वजे अघिनै ताला लगाउदा बोर्डले तीन घण्टा काम गर्न सकेन। प्रहरीको हस्तक्षेपपछि यो समूह तितरवितर भएको थियो।