एनएसीले पाएन पाइलट, पचास जनाको आवेदनमा २६ जनाको मात्रै निवेदन, किन आकर्षण कम छ?

बिजमाण्डू
२०७५ चैत्र १० गते १३:२४ | Mar 24, 2019
एनएसीले पाएन पाइलट, पचास जनाको आवेदनमा २६ जनाको मात्रै निवेदन, किन आकर्षण कम छ?


काठमाडौं। नेपाल वायुसेवा निगमले आवश्यक पाइलटनै पाएन। निगमले पचास जना पाइलट मागेपनि २६ जनाले मात्रै आवेदन दिएका छन्।

Tata
GBIME
Nepal Life

नौ तहमा १३ जना वरिष्ठ क्याप्टेनको दरखास्त आह्वान गरेको थियो तर  आवेदन एउटामात्र परेको निगमले जानकारी दिएको छ।यसैगरी आठ तह 'ग'मा जुनियर क्याप्टेनमा निगमले १५ जनाको दरखास्त आह्वान गरेकोमा आवेदक संख्या जम्मा तीन मात्रै परेको छ। निगमले सिनियर कोपाइलट तर्फ सात 'ग' तहको लागि नौ जना माग गरेकोमा छ जनाले आवेदन दिएका छन् भने यता जुनियर कोपाइलटका लागि १३ जना माग्दा १६ जनाले आवेदन हालेका छन्। 

निगमले गत महिना नयाँ गन्तब्यमा उडानका लागि ५० जना चालक दलको माग गरेको थियो। निगमका सहायक प्रवक्ता नवराज कोइरालाले भने' निगमले नयाँ गन्तब्यमा उडानका लागि पचास जना चालक दलको दरखास्त मागेपनि २६ जनाले मात्र आवेदन दिएका छन्। स्थायी रुपमा कर्मचारी भर्नाको लागि आब्हान गरेपनि कम मात्रै आवेदन पर्यो अब हामी अब करार तर्फ पनि सूचना निकाल्छौं।'

अन्तर्राष्ट्रिय उडानका लागि निगमले दुई वर्षभित्र एयरबससँग दुईवटा ब्राण्ड न्यू न्यारोबडी जहाज ल्याउने योजना बनाएको छ। निगमले निकट भविष्यमा जापान, कोरिया, चीन र साउदी अरब लगायत गन्तब्यमा उडान गर्ने योजना बनाएको छ।