मन्त्री पुनबाट माथिल्लो तामाकोशीको स्थलगत अनुगमन, अब आउने मंसिरभित्रै सकिने दाबी

बिजमाण्डू
२०७५ चैत्र ९ गते १६:४० | Mar 23, 2019


दोलखा।उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले माथिल्लो तामाकोशी जलविद्युत आयोजना निरीक्षण गरेका छन्।

Tata
GBIME
Nepal Life

उर्जामन्त्रीपुन दोलखाको विगु गाउँपालिकामा निर्माणाधिन ४५६ मेगावाट क्षमताको आयोजना निरीक्षण गर्दै समयमै सक्न निर्देशन दिए।उनले शनिवार आयोजनाको बाँंधस्थल,सुरु¨, माथिल्लो पेनस्टक र तल्लो पेनस्टकको अवस्था बारे जानकारी लिए। उनले आयोजना प्रमुख दिनेशजंग राना र प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठसँग समेत आयोजनाको प्रगतिको बारेमा जानकारी लिए।मन्त्रीपुन नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, राष्ट्रिय योजना आयोगका सदस्य डा.कृष्ण ओली सहित आयोजना पुगेका हुन् ।

उर्जामन्त्री पुनले मंसिर आयोजना सकिने विश्वास समेत व्यक्त गरे। ‘केही समयअघि भर्टिकल साफकाकारण केही समस्याआएको थियो, हामीले टेक्सम्याक र एन्ड्रिजको विचमा समझदारी बनाईदिएका छौ,अहिले काम अघि बढिरहेको छ । त्यसैले पनिआगामीमंसिरसम्म सवै काम सम्पन्न हुन्छ भन्ने मैले विश्वास लिएको छु, उनले भने।

‘यो निकै महत्वपूर्ण आयोजना भएकाले यसमा हाम्रो गम्भिर चासो छ, आयोजना समयमै सम्पन्नगर्न र गुणस्तरीय बनाउन मैले पूरै ध्यान केन्द्रित गरेको छु, म समय तालिकाभित्रै आयोजना पुरा हुनेमाविश्वस्त छु ।’मन्त्री पुनले भने।