‘नेपाल लोक स्टार’ को प्रचार प्रसार तथा बिक्री वितरण एड प्याडले गर्ने, आधिकारिक एजेन्सी नियुक्त

बिजमाण्डू
२०७५ चैत्र ८ गते १४:०१ | Mar 22, 2019


काठमाडौं। नेपाल लोक स्टार प्रचार प्रसार तथा बिक्री वितरणकालागि आधिकारीक एजेन्सीका रुपमा एड प्याड प्रालि नियुक्त भएको छ।

Tata
GBIME
Nepal Life

एएनएस कम्पनीको सहायक कम्पनी एड प्याड प्रालिलाई चाहाना मिडिया प्रालिको नेपाल लोक स्टारको आधिकारिक एजेन्सीको रुपमा काम गर्ने सम्झौता गरेको हो। 

सम्झौतामा एड प्याड प्रयालीका निर्देशक सरोज बस्नेत र चाहाना मिडियाका अध्यक्ष सहदेब कोइरालाले हस्ताक्षर गरे।

अहिलेसम्मकै ठूलो सेट डिजाइनमा संचालन हुने लोक स्टार कार्यकम्र आगामी जेठ २५ गतेबाट एपिवान टेलिभिजनबाट प्रशारण हुने बताइएको छ।

कार्यक्रमका ३१ श्रृंखला हुने तथा बिजेता ५० लाख नगद पुरस्कार पाउने पनि बिज्ञप्तीमा उल्लेख छ। कार्यक्रममा सातै प्रदेशबाट सहभागी ल्याइने जनाइएको छ।