आइएमइ फाउन्डेसनले बैशाख २ गतेबाट टेनिस टुर्नामेन्ट गर्ने, ३ लाख २६ हजार राशी

बिजमाण्डू
२०७५ चैत्र ५ गते १६:५० | Mar 19, 2019
आइएमइ फाउन्डेसनले बैशाख २ गतेबाट टेनिस टुर्नामेन्ट गर्ने, ३ लाख २६ हजार राशी


काठमाडौं। आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत गत वर्षदेखि टेनिस प्रतियोगिता आयोजना गर्दै आएको छ।

Tata
GBIME
Nepal Life

यसपाली आइएमई फाउन्डेसनले आगामी वैशाख २ गतेदेखि ७ गतेसम्म ‘दोस्रो आइएमई जेटीआई ग्राण्ड जुनियर एकलओपन टेनिस टुर्नामेन्ट’ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना गर्ने भएको छ। 

तीन लाख २६ हजार पुरस्कार राशिको एकल प्रतियोगितामा देशभरबाट ८ वर्षदेखि १४ वर्षसम्मका १ सय ५० प्रतिष्पर्धीहरूले सहभागिता जनाउने अपेक्षा गरिएको विज्ञप्तिमा उल्लेख छ। 

प्रतियोगिताको आवेदनफारम चैत ५ गतेदेखि २५ गतेसम्म दशरथ रंगशाला टेनिस कम्प्लेक्स त्रिपुरेश्वर, नेपाल टेनिस एसोसिएसन सातदोबाटो ललितपुर, मण्डीखाटार टेनिस कोर्ट मण्डीखाटार, नाउलिङ स्पोर्टस भिल्ला सुन्दरवस्ती भंगाल र आइएमई कम्प्लेक्स पानीपोखरीमा रितपूर्वक बुझाउनुपर्ने छ।