ज्योति विकास बैंक र एभरेष्ट इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता, बीमा लेख किन्न पाइने

बिजमाण्डू
२०७५ चैत्र ५ गते १६:४४ | Mar 19, 2019

काठमाडौं। ज्योति विकास बैंक लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड बीच बंैकासुरेन्स  सम्झौता भएको छ। 

Tata
GBIME
Nepal Life

सम्झौता पत्रमा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले हस्ताक्षर गरेका छन्।

सम्झौताबाट ज्योति विकास बैंकका सम्पूर्ण शाखाहरु मार्फत सरल, सुलभ र उत्कृष्ट सेवासहित एभरेष्ट इन्स्योरेन्स कम्पनीका विभिन्न निर्जिवन बीमालेखहरु उपलब्ध हुने विज्ञप्तिमा उल्लेख छ। साथै बिमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बिमा दाबी भुक्तानी सहज रुपमा प्राप्त गर्न सक्नेछन्।