एसियन लाइफको सबै बिमा योजना अब माछापुच्छ्रे बैंकबाट पनि किन्न सकिने

बिजमाण्डू
२०७५ चैत्र ५ गते १४:०५ | Mar 19, 2019
एसियन लाइफको सबै बिमा योजना अब माछापुच्छ्रे बैंकबाट पनि किन्न सकिने


काठमाडौं। जीवन बीमालाई सर्वसाधारणको पहुँचसम्म सजिलै पुर्याउने उद्देश्यले एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड र माछापुच्छ्रे बैंक लिमिटेडबीच “जीवन बीमा सेवा“ सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

Tata
GBIME
Nepal Life

सम्झौतापत्रमा एशियनका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठ र माछापुच्छ्रेका सहायक महाप्रबन्धक नारायणप्रकाश भुजुले हस्ताक्षर गरेका छन्। 

अब बैंकको ९७ वटा शाखाहरुबाट समेत एशियन लाईफले प्रचलनमा ल्याएको सावधिक र म्यादी जीवन बीमा योजना गरी २० वटा जीवन बीमा योजनाहरु खरिद गर्न सकिनेछ। एशियन लाईफले ११४ वटा कार्यालयहरुबाट जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गरिरहेको छ। 

पुस मसान्तसम्म कम्पनीको जीवन बीमा कोष १५ अर्ब १२ लाख रहेको छ। ५ अर्ब रुपैयाँ अधिकृत पूँजी रहेको यस कम्पनीले चुक्ता पूँजी २ अर्ब पुर्याउनको लागि निकट भविष्यमा ६० प्रतिशत हकप्रद शेयर जारी गर्न बुक क्लोज समेत गरिसकेको छ।