सौर्यलाई चार्टर्ड उडानको मात्रै अनुमति, क्यान भन्छ-‘पर्याप्त जहाज नभएसम्म चार्टर्ड मात्रै’

बिजमाण्डू
२०७५ चैत्र ५ गते १२:५८ | Mar 19, 2019


काठमाडौं। जहाज खरीदबिक्रीमा शंकास्पद रहेको सौर्य एयरलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले चार्टर्डको मात्रै अनुमति दिएको छ।

Tata
GBIME
Nepal Life

सौर्यसँग एउटा मात्रै जहाज रहेकोले प्राधिकरणले चार्टर्डको अनुमति दिएको हो।‘सौर्यको नियमित फ्लाइट होइन। उसलाई हामीले चार्टर्ड फ्लाइटको मात्रै अनुमति दिएका हौं’ प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले बिजमाण्डूसँग भने,’उसले अर्को जहाज संचालनमा आएपछि मात्रै नियमित उडानको अनुमति पाउनेछ।’

नागरिक उड्डयनसँग सम्वन्धि कार्यविधि अनुसार एउटा कम्पनीसँग तीन वटा विमान हुनैपर्छ। तर यो कम्पनीसँग दुईवटा मात्रै जहाज छ। त्यो पनि ५० सीट भएको सिआरजे-२०० जहाजले उडान गरिरहेको छ।  कम्पनीको अर्को जहाज ग्राउण्डेड छ।

 ६ महिनाको अवधिमा दुई पटक बिक्रीको घोषणा भएको सौर्य एयर वित्तिय रुपमा संकटमा छ। वित्तिय संकटबाट पार पाउन नसक्दा पटक/पटक उडान समेत अवरुद्ध हुँदै आएको छ।