रिजालको कम्पनीले ल्यायो गर्मीमा पानी नतात्ने ट्यांकी, तराईमा उपयोगी हुने

बिजमाण्डू
२०७५ चैत्र ५ गते १०:०५ | Mar 19, 2019
रिजालको कम्पनीले ल्यायो गर्मीमा पानी नतात्ने ट्यांकी, तराईमा उपयोगी हुने



विराटनगर।‘रिजालको’ ब्रान्डमा खानेपानीका ट्यांकी उत्पादन गर्दै आएको रिजालको कम्पनीले गर्मी मौसममा पानी नतात्ने ट्यांकी उत्पादन सुरु गरेको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले यही चैत महिनादेखि ‘रिजालको कुल ब्लो’ ब्रान्डमा पानी नतात्ने खालका ट्यांकी उत्पादन सुरु गरेको हो ।नेपालका तराई क्षेत्रमा चैतदेखि असोज महिनासम्म ट्यांकी पानी तात्ने र यसबाट नुहाउने लगायतका काम गर्न गाह्रो पर्ने हुन्छ । उपभोक्ताको समस्यालाई दृष्टिगत गर्दै कम्पनीले पानी नतात्ने प्रकारका टङ्कीको उत्पादन गरेको सञ्चालक नवीन रिजालले बताए ।

सञ्चालक रिजालले इन्सुलेसन ब्लो प्रविधिबाट उत्पादित यस प्रकारका ट्यांकी संसारमै नौलो र पहिलो भएको दाबी गरे ।कम्पनीले २ सयदेखि २ हजार लिटर सम्म क्षमताका यस्ता ट्यांकी वार्षिक ७० हजार थान उत्पादन गर्ने लक्ष्य छ । ट्यांकी पानी भण्डारण गरेपछि तापक्रम २ डिग्री मात्र घटबढ हुने बताइएको छ ।

कम्पनीले रिजालको, पोलिटेङ्क, शीतल, पशुपति र हिमाल गरी ५ ब्रान्डमा ट्यांकी उत्पादन गर्दै आएकोमा ‘रिजालको कुल ब्लो’ पनि थपिएपछि ६ प्रकारका भएका छन् ।कम्पनीले सबैभन्दा पहिले सन् २००१ देखि रोटो प्रविधिमा आधारित ‘रिजालको कुल’ ट्यांकी उत्पादन गरी पानी नतात्ने प्रकारका ट्यांकी बजारमा ल्याएको थियो।

त्यसको १९ वर्षपछि इन्सुलेसन ब्लो नामक अझ अत्याधुनिक प्रविधिबाट नयाँ उत्पादन गरिएको नवीनको भनाइ छ । घामको चर्को किरण र बढी गमीका कारण ट्यांकी फुट्ने र चर्कने समस्यालाई दृष्टिगत गर्दै कम्पनीले २०१६ देखि थ्री लेयर ब्लो प्रणालीको प्रयोग गरी ट्यांकी उत्पादन गरिरहेको उनले जनाए।

थ्री लेयर ब्लो प्रणालीबाट उत्पादित ट्यांकी मौसमका कारण नचर्कने र नफुट्ने दाबी गरिएको छ ।‘ट्यांकीभित्र कीरा, धुलो र बाहिरको पानी पसेर दूषित बनाउने समस्याबाट मुक्त हुन कम्पनीले सन् १९९६ देखि नेपालमै पहिलो पटक गुनायुक्त बिर्कोको उत्पादन सुरु गरेको थियो’, रिजालले भने, ‘१९९७ देखि रङ्गीन ट्यांकी उत्पादन सुरु गरियो । १९९८ देखि टङ्कीलाई अझ बलियो बनाउन मोटाइ बढाउने ‘थिकनेस कन्ट्रोल सिस्टम’ सुरु गरिएको थियो ।’
कम्पनीले रिजालको ब्रान्डका ट्यांकी काठमाडौं र सुनसरीबाट उत्पादन गरिरहेको छ ।