बैकर र उद्योगीबीच विग्रिएको सम्वन्ध सुध्रियो, उद्योगीका मुद्दामा बैकर सकारात्मक





काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल बैकर्स एशोसिएसनबीच ब्याजदर र सेवा शुल्क बारे मुद्दामा आइसब्रेक भएको छ।

महासंघमा सोमबार भएको छलफलमा महासंघले राखेका तीन वटा मुद्दा संबोधन गर्न एशोसिएसन तयार भएको छ। चर्को ब्याजदर निर्धारण गरेको भन्दै पूर्वका व्यापारीले आन्दोलनलाई महासंघले समेत समर्थन जनाएपछि बैकर र उद्योगीबीच असमझदारी चुलिएको थियो।
Tata Nexcon AMT


महासंघ स्रोतका अनुसार स्प्रेडदर चार प्रतिशत भन्दा माथि राख्न नहुने, ऋणका लागि पेश गर्नुपर्ने डकुमेन्ट एकैखाले हुनुपर्ने र सेवा शुल्कमा समेत एकरुपता हुनुपर्ने माग उद्योगीको थियो। अहिले ऋण लिन जाँदा २८ वटै वाणिज्य बैंकका फरक/फरक प्रस्तावसहितको डकुमेन्ट चाहिने भन्दै ऋण लिन कठिन हुने गरेको उद्योगीको जिकिर छ।

दुबै पक्षबीच सौहार्दपूर्ण वातावरणमा छलफल मात्रै होइन उद्योगीले राखेका मुद्दा संबोधन गर्न बैकर तयार देखिएका थिए।‘ब्याज आन्दोलनपछि बैकर र उद्योगीबीच ठूलो दरार उत्पन्न भएको थियो। त्यो दरार कम गर्न आजको छलफल महत्वपूर्ण सावित भएको थियो’ स्रोतले भन्यो।

एशोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले उद्योगीले उठाएको मुद्दा एशोसिएसनमा छलफल गरेर संबोधनको प्रयास गरिने बताएका थिए।‘यहाँ उठेका मुद्दालाई एशोसिएसनमा छलफल गरेर टुंगोमा पुग्नुपर्छ। केही मुद्दामा राष्ट्र बैंकको समेत सहभागिता आवश्यक रहन्छ’ढुंगानाले भनेका थिए। स्रोतका अनुसार सेवा शुल्क एकरुपताका लागि राष्ट्र बैंक, एफएनसीसीआई र बैकर्स एशोसिएसनको त्रिपक्षीय कमिटी बनाएर समस्या हल गर्ने सहमति भएको छ।

महासंघका कार्यसमिति सदस्य अञ्जन श्रेष्ठले उद्योगी र बैकर्सबीच सौहार्दपूर्ण वातावरणमा छलफल भएको बताउँदै महासंघमा भएको छलफलले राम्रो नतिजा ल्याउने बताए।‘महासंघमा उद्योगी र बैकर्सबीच सौहार्दपूर्ण वातावरणमा छलफल भयो। यो छलफलले राम्रो नतिजा ल्याउने हाम्रो अपेक्षा छ’ उनले बिजमाण्डूसँग भने,’उद्योगी र बैकर परिपूरक हुन्। दुबैबीच राम्रो सम्वन्ध आवश्यक हुन्छ।’

छलफलमा महासंघकी अध्यक्ष भवानी राणा,वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षद्धय उमेशलाल श्रेष्ठ तथा चन्द्र ढकाल, अञ्जन श्रेष्ठ लगायतको सहभागिता थियो भने एशोसिएसनबाट अध्यक्ष ढुंगाना, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल र नेपाल एसबिआर्ई बैंकका सिइओ अनुकुल भट्नागर सहभागी थिए।

Share this Story

   

बैकर र उद्योगीबीच विग्रिएको सम्वन्ध सुध्रियो, उद्योगीका मुद्दामा बैकर सकारात्मक को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.