पंहुच विस्तारमा इलेक्ट्रोनिक उपकरणको प्रयोग, जोखिम पनि बढेको बढै, ईश्वर उप्रेतीको लेख




विज्ञान र प्रविधिमा भएको नविनतम खोज, अनुसन्धानले बैंकिङ्ग क्षेत्रमा नयाँ नयाँ इलेक्ट्रोनिक उपकरणको विकास एवं प्रयोगमा निरन्तर बृद्धि भैरहेको छ। सन् १९९० पछि सूचना प्रविधिको बिकाससंगै बैंकिङ्ग क्षेत्रमा प्रयोग हुने इलेक्ट्रोनिक उपकरणहरुको विकास तीब्र रुपमा भैरहेको छ। देशको फराकिलो आर्थिक विकासको लागि वित्तीय पहँुचको आवश्यकता पर्दछ। नेपालमा सरकारी निकायहरुले वित्तीय पहँुच विस्तार गर्न र भुक्तानी प्रणालीलाई सुरक्षित एवं प्रभावकारी बनाउन इलेक्ट्रोनिक उपकरणको प्रयोगलाई प्राथमिकताका साथ अघि बढाउने नीति लिएको छ।  

केही वर्ष अघिमात्र ढड्डा प्रणालीबाट बैंकिङ्ग कारोबार गर्ने गरिन्थ्यो आजको दिनमा इलेक्ट्रोनिक उपकरणहरुको प्रयोगले बैंकिङ्ग कारोबार कुनै राष्ट्र, भूगोल, सिमाना, माध्यम, समयमा सिमित नहुने अवस्थामा आइपुगेको छ। इलेक्ट्रोनिक उपकरणहरु मार्फत एक देशमा भएको बैंक खाता अर्को देशबाट संचालन गर्ने, भुक्तानी गर्ने, स्टेटमेण्ट रुजु गर्ने, कर्जाको सांवा, ब्याज भुक्तानी गर्ने, मर्चेन्ट भुक्तानी गर्ने आदि बैंकिङ्ग सेवाहरु प्रयोग सजिलै गर्न सक्ने अवस्थामा पुगिसकिएको छ। 
Sunrise Bank
Sipradee


वित्तीय पहुँचको अवस्थाः
नेपालको वित्तीय प्रणलीमा हाल क वर्गका वाणिज्य बैंकहरु २८ वटा, ख वर्गका विकास बैंक ३३ वटा, ग वर्गका बित्त कम्पनीहरु २४ वटा र घ वर्गका लघुबित्त कम्पनीहरु ६९ वटा गरी जम्मा १५४ वटा बैंक तथा वित्तीय संस्थाहरु संचालनमा रहेका छन। क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुको कूल शाखा संख्या ४५३१ रहेका छन् । बिमा कम्पनीहरुको संख्या ३९ रहेको छ। गैर बैंकिङ्ग कारोबार गर्ने २ वटा वित्तीय संस्थाहरु कर्मचारी सन्चय कोष र नागरिक लगानी कोष रहेका छन्। त्यस्तै पूंजीबजारमा काम गर्ने विभिन्न संस्थाहरु रहेका छन्। करिब १३ हजार भन्दा बढी बचत तथा ऋण सहकारी संस्थाहरु पनि वित्तीय प्रणाली भित्र रहेका छन्।

यिनै वित्तीय प्रणालीका सदस्यहरुले इलेक्ट्रोनिक उपकरणको सुरक्षित प्रयोगले नै वित्तीय पहँुचको विस्तारमा सघाउ पु–याई अनौपचारिक आर्थिक कारोबारलाई निरुत्साहित गरेको छ। विश्व बैंकको दी ग्लोबल फिन्डेक्स २०१७ को रिपोर्ट अनुसार विश्वमा ६९ प्रतिशत बयस्कहरुको ( १५ वर्ष माथि) बैंकमा खाता रहेको छ भने नेपालमा ४५ प्रतिशत बयस्कहरुको मात्र बैंकमा खाता रहेको छ। हाल १८ प्रतिशत नेपाली नागरिकहरु वित्तीय पहँुचभन्दा बाहिर रहेका छन्। त्यसबाहेक २० प्रतिशत नेपालीहरुले गैर बैंकिङ्ग कारोबार गरिरहेको र २१ प्रतिशत नेपाली नागरिकले अनौपचारिक रुपमा कारोबार गरिरहेको पाइन्छ।

दूर दराजका जनतालाई बैंकिङ्ग सेवा दिन विकट ग्रामिण क्षेत्रमा जान नखोज्ने र शहर केन्द्रित भई कारोबार गरिरहेका बैंकहरु सबै स्थानीय तहमा पुग्नुपर्ने बाध्यात्मक सरकारी नीतिले गर्दा देशको कुनाकाप्चामा पुगेर बैंकिङ्ग सेवा दिन बैंकहरु अग्रसर देखिएका छन्। ७५३ वटै स्थानिय तहमा वाणिज्य बैंकको शाखा पु–याउने सरकारी योजना अनुसार हाल ६९९ स्थानीय तहमा शाखा संचालन भइसकेका छन्।

नेपाल राष्ट्र बैंकले १८ महिना अगाडि वाणिज्य बैंक नपुगेको ४५८ स्थानिय तहहरुमा शाखा खोल्न निर्देशन दिएको थियो। पछिल्लो समयमा शाखा विस्तारले मात्र बैंकिङ्ग सेवा सहज नहुने भएकोले सेवाग्राहीलाई पटक पटक बैंकमा उपस्थित नभई इलेक्ट्रोनिक उपकरणको प्रयोग मार्फत सेवा दिन सक्नु अहिलेको समयको माग हो। सफ्टवेयर तथा आधुनिक प्रविधिको साधनको प्रयोग गरी ग्राहकलाई वित्तीय सेवा प्रदान गर्नु नै आजको आवश्यकता हो। इलेक्ट्रोनिक उपकरणहरुको यथोचित प्रयोग भएमा वित्तीय पंहुचको विस्तार भई सन् २०२२ सम्ममा नेपालको वित्तीय समावेशकिरण ७५ प्रतिशत पु–याई आर्थिक सशक्तिकरण गर्ने लक्ष्यमा सघाउ पुग्ने देखिन्छ । नेपाल सरकार तथा नेपाल राष्ट्र बैंक दुबैले विभिन्न नीति तथा कार्यक्रमहरुका माध्यमबाट वित्तीय पहँुच तथा समावेशीकरण प्रवद्र्धन गरिरहेका छन्।

यस अन्तर्गत ग्रामीण स्वावलम्बन कोष र युवा स्वरोजगार कोषमार्फत लघुवित्त संस्थाहरुलाई थोक कर्जा उपलब्ध गराउने, बैंक तथा वित्तीय संस्थाहरुले विपन्नवर्ग तथा उत्पादनशील क्षेत्रमा ऋण लगानी गर्नुपर्ने, क वर्गका संस्थाहरुले कर्जामा लिने र निक्षेपमा दिने ब्याजदरबीच तोकिएभन्दा बढि अन्तर कायम गर्न नहुने, बैंक तथा वित्तीय संस्थाहरुले लगाउने शुल्क तथा कमिशनको अनुगमन गर्ने, ईबैंकिङ्ग प्रवद्र्धन गर्ने, मोवाइल बैंकिङ्ग, शाखा रहित बैंकिङ्ग, एटिएम सेवा र वित्तीय साक्षरता कार्यक्रम अघि बढाउने जस्ता व्यवस्था गरिएका छन्।  

नेपालमा हाल बैंक तथा वित्तीय संस्थाहरले विभिन्न इलेक्ट्रोनिक उपकरणहरु प्रयोगमा ल्याई कारोबार संचालन गरिरहेका छन् । नेपालमा केही बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो कूल कारोबार संख्याको ५० प्रतिशत भन्दा पनि बढी विधुतिय कारोबार गर्न थालिसकेको अवस्थामा नगद रहित कारोबार तर्फ अघि बढी डिजिटल मनीको युगमा प्रवेश हुन खोज्नु सकारात्मक पक्ष हो ।  इलेक्ट्रोनिक उपकरणहरुको प्रयोगबाट सेवाग्राहीको समयको बचत हुने, कारोबारमा पारदर्शिता हुने, जोखिम कम हुने, ठूला ठूला कारोबार पनि थोरै समयमा गर्न सकिने, लागत कम लाग्ने, कर्मचारी कटौती, कारोबारको लेखा दुरुस्त हुने, सहज हुने, बैंकमा धाउन नपर्ने वित्तीय पहँुच बढाउन सकिने जस्ता फाइदाहरु रहेका छन् । 

विभिन्न इलेक्ट्रोनिक उपकरणहरुः
नेपालको वित्तीय प्रणलीमा बैंक तथा वित्तीय संस्थाहरुले हाल विभिन्न इलेक्ट्रोनिक उपकरणहरुको प्रयोग गरी वित्तीय सेवाहरु प्रदान गरिरेका छन्, ती उपकरणहरुका बारेमा यहाँ संक्षिप्त रुपमा चर्चा गरिएको छ । 

१. एटिएम
 बैंकहरुले ग्राहकलाई सुरक्षित कार्ड र पासवर्डको रुपमा पर्सनल आइडेन्टिफिकेसन नम्बर ९पिएन० उपलब्ध गराएको हुन्छ र सोही कार्ड र पिन (पछि परिवर्तन गर्न सकिने) को सहायताले २४ सै घण्टा कुनै ब्यक्तिको सहयोग बिना नगद झिक्न सकिने लोकप्रिय उपकरण हो । यसबाट  कारोबार भएको समयमा नै ग्राहकको खाता डेबिट हुन्छ । हाल नेपालमा बैंक तथा वित्तीय संस्थाहरुको जम्मा २९१९ एटिएम मेसिनहरु संचालनमा रहेका छन् भने झन्डै ५९ लाख कार्डको संख्या रहेको छ ।  यस सेवा अन्तर्गत कार्ड भएका तर एटिएम सेवा नभएका स्थानहरमा नगद रकमको आवश्यक पर्न गएमा विशेष सवारीमा घुम्ति एटिएम सेवा –मोबाइल एटिएम को पनि सुविधा दिने गरिन्छ ।

२. मोबाइल र एसएमएस बैंकिङ
बैंकहरुले उपलब्ध गराएको मोवाइल एप्लिकेसन आफ्नो मोवाइलमा डाउनलोड गरी मोवाइल बैंकिङ्ग संचालन गर्न सकिन्छ । मोवाइल बैकिङ्ग संचालन गर्नको लागि ग्राहकले दुईपटक अलग अलग पासवर्ड प्रयोग गरेर एप्लिकेसनमा भित्र पस्नुपर्ने हुन्छ । यसबाट रकम ट्रान्सफर, ब्यालेन्स, स्टेटमेण्ट हेर्न, मर्चेन्ट, यूटिलिटि पेमेन्ट गर्न, टपअप, रिचार्ज आदि गर्न सकिन्छ । मोवाइल बैंकिङ्गमा दिनप्रतिदिन नयाँ फिचर्सहरु थपिंदै जानुुले भविश्यमा अधिकांश बैंकिङ्ग सेवा एउटा मोवाइलमै प्राप्त गर्न नसकिएला भन्न सकिन्न । मोवाइल बैंकिङ्ग सेवा आउनु अघि बैंकहरुको एसएमएस सेवा संचालनमा थियो यस अन्तर्गत खाताको कारोबार अपडेट हुने, ब्यालेन्स हेर्न मिल्ने, कारोबारको संक्षिप्त विवरण हेर्न मिल्ले सम्मको सुविधा थियो हाल एसएमएस सेवा पनि मोवाइल बैंकिङ्ग मार्फत नै हुने गर्दछ । हाल नेपालमा बैंक तथा वित्तीय संस्थाहरुको करिब ५९ लाख मोवाइल बैंकिङ्गका ग्राहकहरु रहेका छन् ।

३. शाखारहित बैंकिङ
बैंकहरुले आफ्नो भौतिक शाखा बिना आधिकारिक एजेण्टहरु मार्फत दुर्गम तथा गाउँगाउँमा दिने बैकिङ्ग सेवा नै शाखा रहित बैंकिङ्ग हो । यस्तो सेवाबाट बैंकले शाखामा गर्नुपर्ने ठूलो खर्च जोगिन्छ र ग्राहकले स्थानीय एजेण्ट मार्फत गाउँमै बैकिङ्ग सेवा पाउँन सक्दछन् । यसबाट रकम जम्मा, खर्च, भुक्तानी, बिमा किस्ता भुक्तानी, रकम ट्रान्सफर, कर्जाको किस्ता भुक्तानी गर्न, मौजदात हेर्न सक्दछन् । हाल नेपालमा १३२० शाखा रहित केन्द्रबाट एक लाख भन्दा बढी ग्राहकहरुले यो सुविधा लिईरहेका छन् ।

४. पस सेवा
बैंकहरुले उपलब्ध गराएको कार्डहरुको प्रयोगबाट डिपार्टमेण्टल स्टोर, अस्पताल, मल, सिनेमा हल, होटल, पसलहरु आदिमा रकम भुक्तानी गर्नको लागि कार्ड स्वाप गरि गरिने भुक्तानी नै पिओएस सेवा हो । बैंक तथा वित्तीय संस्थाहरुले पिओएस मेसिन मर्चेन्टहरुलाई उपलब्ध गराई नेटवर्क विस्तार गरिरहेका हुन्छन् । पिओएस बाट कारोबार भएपछि तुरुन्तै ग्राहकको खाता डेबिट हुन्छ र मर्चेन्टको खातामा रकम क्रेडिट हुने भएकाले भौतिक रकम बैकमा जम्मा गर्न जाने झन्झट हुँदैन । आजकाल पिओएसबाट हुने कारोबारमा ब्यापारीहरुले छुट सुविधाहरु दिने गर्दछन । 

५. इन्टरनेट बैंकिङ
बैंकबाट यूजरनेम दर्ता गराई पासवर्ड लिएर विश्वको जुनसुकै कुनाबाट कम्यूटर र इन्टरनेटको माध्यम मार्फत बैंकिङ्ग कारोबार गर्न सकिने सेवा नै इन्टरनेट बैंकिङ्ग हो । यो सेवा दोहोरो पासवर्ड प्रयोग गरी बैंकको पोर्टलमा गई सिधै प्रयोग गर्न सकिन्छ । यसमा रकम टान्सफर, ब्यालेन्स, स्टेटमेण्ट हेर्न, ब्याज किस्ता भुक्तानी आदि गर्न सकिन्छ । इन्टरनेट बैंकिङ्गमा नयाँ फिचर्सहरु थपिँदै गएको छ । हाल नेपालमा करिब ८ लाख ईन्टरनेट बैंकिङ्गका ग्राहकहरु रहेका छन् ।

६. मोबाइल मनि वालेट
खासगरी सानो कारोबार गर्नको लागि गैर बैंकिङ्ग क्षेत्रबाट सिमित रकम ट्रान्सफर, यूटिलिटि, मर्चेन्ट भुक्तानी, टिकट किन्न सकिने, टपअप, रिचार्ज, निश्चित सिमा सम्मको रकम मोवाइल मनी वालेट मार्फत भुक्तानी गर्न सकिन्छ । ग्राहकले यूजर र पासवर्ड लिई मोवाइल एप्लिकेसन मोवाइलमा डाउनलोड गरी यो सेवा संचालन गर्न सक्दछन् । यो सेवा मार्फत कारोबार गर्न बैंकमा खाता नभए पनि हुन्छ । अहिले नेपालमा यस प्रकारको उपकरणको प्रयोग दिनप्रतिदिन बढ्दो अवस्थामा छ ।  

७. भाइबर बैंकिङ
सामाजिक संजाल भाइबर मार्फत बैंकहरुले ग्राहकहरुलाई सेवा दिइरहेका छन् । यसबाट ग्रहाकले बैंकबाट सूचना, अलर्ट, इन्क्वायरी, नयां प्रोडक्टको बारेमा जानकारी पाउन सक्दछन । यसको लागि ग्राहकको मोवाइल नम्बर बैंकको भाइबर गु्रपमा जोडिनु आवश्यक हुन्छ । अहिले यो सेवा केही नीजि बैंकहरुले आफ्ना ग्राहकहरुलाई दिइरहेका छन् ।

८. अनलाइन पेमेन्ट सर्भिस
भुक्तानी प्रणालीका विभिन्न उपकरणहरु मध्ये अनलाइन मार्फत बस्तु तथा सेवा खरिदमा भुक्तानी गर्नको लागि यो सेवा प्रयोग गरिन्छ । अनलाइन मार्फत बस्तु तथा सेवा खरिदमा ग्राहकसंग भएको कार्ड नम्बर इन्ट्री गरी गेटवेको सहायताले सप्लायर्सकोमा रकम भुक्तानी हुन्छ र सामान डेलिभर हुन्छ । यसमा एटिएममाा जस्तो कार्ड मेसिनमा इन्सर्ट गर्नु पर्दैन । यो सेवा विश्वको कुनै पनि कुनाबाट प्रयोग गर्न सकिन्छ । हाल नेपालमा यो सेवा लागू गर्नको लागि अध्ययन भइरहेको छ ।

जोखिम 
विज्ञान र प्रविधिको जतिसुकै विकास भएको भएता पनि नयाँ नयाँ किसिमको जोखिम पनि संगै आइरहेकै छ र इलेक्ट्रोनिक उपकरणहरुको प्रयोगबाट हुने वित्तीय कारोबार पूर्णरुपमा जोखिम रहित भने अवश्य छैन ।  बैंक तथा वित्तीय संस्थाहरुले सूचना प्रविधि सम्बन्धी भरपर्दो र चुस्त सुरक्षा रणनीति तय गर्नुपर्ने हुन्छ अन्यथा  विभिन्न ह्याकर्सहरुले सिस्टम भित्र छिरेर ह्याक गर्ने, फ्रड, पिन नम्बर, कार्ड नम्बर चोर्ने, भाइरस, मालवेयर पठाउने, नक्कली सफ्टवयरको प्रयोग गरी साइबर क्राइम जस्ता जोखिमहरु वित्तीय इलेक्ट्रोनिक उपकरणहरुको प्रयोगमा आइरन्छन् । 

जसको चुतौती सामना गर्ने सुरक्षा क्षमताको विकास बैंक तथा वित्तीय संस्थाहरुले आफैले गर्नुपर्ने हुन्छ । बैंकहरुले उपलब्ध गराएको यूजरनेम, पासवर्ड ह्याकर्सले पत्ता लगाई व्यक्तिगत रकम ट्रान्सफर भई चोरी भैरहेका छन् । त्यस्तै एटिएमले जाली नोटहरु पत्ता नलगाउने हुँदा सङ्कास्पद नोटहरुको कारोबार हुन सक्दछ । 

एटिएम मेसिन भएको ठाउँमा सानो सानो क्यामरा राखी पासवर्ड पत्ता लगाउन र अलगै डिभाइस राखेर कार्ड इन्सर्ट गर्ना साथ ग्राहकको विवरण तान्ने किसिमको जोखिम समय समयमा देखिदै आइरहेको छ । यसबाट बच्नको लागि एटिएम भएको ठाउमा सीसी क्यामेरा राख्ने, इएमभी चिप बेस्ड कार्डको प्रगोग गर्न सकिन्छ । एटिएमबाट रकम झिक्दा पैसा काटिने तर पैसा नआउने र लामो समयसम्म पनि रिभर्स नहुने समस्या पनि उत्तिकै रहेको छ । 

विद्युतीय माध्यमबाट बैंकिङ्ग क्षेत्रमा हुनसक्ने साइबर अपराध न्यूनीकरण गर्दै साइबर सुरक्षालाई प्रवद्र्धन गर्न वाणिज्य बैंकहरुले अनिवार्य रुपमा सूचना प्रविधि प्रणालीको लेखापरीक्षण गर्नु पर्ने व्यवस्था गरिएको छ । नेपाल राष्ट्र बैंकले भुक्तानी तथा फछ्र्याैट प्रणालीको ओभरसाइट सम्बन्धी कार्यलाई प्रभावकारी र पारदर्शी बनाई अनुगमन, नियमन तथा सुपरिवेक्षण गर्नको लागि राष्ट्रिय भुक्तानी (वित्तीय) स्वीच र भुक्तानी द्वारको स्थापना गरी सो मार्फत समेत भुक्तानी प्रणालीको निगरानी एवं गैर स्थलगत सुपरिवेक्षण गरी दूरसंचार सञ्जालमार्फत् हुने कारोबारलाई समेत यसमा समावेश गर्नुपर्ने हुन्छ । 

निष्कर्षः
बैंक तथा वित्तीय संस्थाहरु धेरैजसो शहरी क्षेत्रमा केन्द्रित रहेका छन् । इलेक्ट्रोनिक उपकरणको कारोबारको अनुगमन गर्न उपयुक्त किसिमको संयन्त्र निर्माणको लागि आवश्यक प्रक्रिया अगाडि बढाई विद्युतीय भुक्तानी कारोबारलाई थप सुदृढ एवम् जोखिमरहित बनाउन यस्ता कारोबारहरुको निगरानीलाई प्रभावकारी बनाउनु पर्ने आवश्यकता देखिएको छ ।  अपर्याप्त पूर्वाधार, कठिन भौगोलक बनौट, छरिएर रहेका बस्ती र अविकसित बजार, आधुनिक इलेक्ट्रोनिक उपकरणको प्रयोग नहुनु जस्ता कारण सवै स्थानमा वित्तीय पहँुच पुग्न नसक्नु नै वित्तीय पहँुच र समावेशीकरणको लागि चुनौती रहेको छ । खासगरी ग्रामिण भेगमा बस्ने जनतामा विकसित इलेक्ट्रोनिक उपकरणकोे सुरक्षित र चुस्त तबरबाट प्रयोग गर्न सकिएमा वित्तीय पहँुच विस्तार गर्ने कार्यमा थप सघाउ पुग्ने विश्वास गर्न सकिन्छ । 
(उप्रेती राष्ट्रिय बाणिज्य बैंकमा कार्यरत छन्)


Share this Story

   

पंहुच विस्तारमा इलेक्ट्रोनिक उपकरणको प्रयोग, जोखिम पनि बढेको बढै, ईश्वर उप्रेतीको लेख को लागी ३ प्रतिक्रिया(हरु)

Debesh Lohani[ 2019-03-04 07:23:16 ]
Excellent and informative article on electronic banking and risks associated with this.gDJ4EX

   हालसम्म ५६ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Amar Rajbhandari[ 2019-03-03 10:31:43 ]
NRB circulated for IS Audit but there is not mentioned about what level of Audit company can do the audit. Isn't that company certified? what is measurement of that audit company? If this issue has not been addressed then any bank do the IS audit for the shake of NRB circular.
The issue will be same as earlier.
Be aware!!!!

   हालसम्म ६३ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


RN Gautam[ 2019-03-02 05:11:41 ]
समय को प्रवाह र प्रबिधिको विकास सङगै लेजर वाट कम्प्युटर मा रुपान्तरण भएको वर्तमान अवस्थामा तत्कालीन अवस्थाको बैंकिङ्ग कारोवार लाई ढड्डै नभन्नेकि किनकी सुरुवात त त्यहिबाट भएको थियो।

   हालसम्म ६४ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.