ललितपुरको नख्खुस्थित एनसेल कार्यालयमा विस्फोट, तीन जना घाइते

बिजमाण्डू
२०७५ फागुन १० गते २०:५९ | Feb 22, 2019


काठमाडौँ। ललितपुरको नख्खुमा शुक्रबार राति विस्फोट भएको छ।

Tata
GBIME
Nepal Life

एनसेलको कार्यालयको गेटमा बम विस्फोट भएको महानगरीय प्रहरी प्रहरी प्रभागका प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले जानकारी दिए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बम कसले र किन राखेको भने खुल्न सकेको छैन।विस्फोटबाट प्रतिक्षा खड्का, सिंहप्रसाद गुरुङ र उरुसा मानन्धर गरी तीन जना घाइते भएका छन्। 

प्रत्यक्षदर्शीहरुले विस्फोटको ठूलो आवाज सुनेको बताएका छन्।