मेलम्चीमा कसैको गिद्धे नजर पर्न दिन्न, मेरो कार्यकालमा ठूलो उपलब्धि भएको छ: मन्त्री मगर

बिजमाण्डू
२०७५ फागुन १० गते १४:४० | Feb 22, 2019
मेलम्चीमा कसैको गिद्धे नजर पर्न दिन्न, मेरो कार्यकालमा ठूलो उपलब्धि भएको छ: मन्त्री मगर

काठमाडौं। खानेपानी मन्त्री बिना मगरले आफूलाई केही मिडियाले बदनाम गर्न खोजिएको बताएकी छिन्।

Tata
GBIME
Nepal Life

आजको प्रतिनिधि सभाको प्रश्नोत्तर कार्यक्रममा मेलम्ची खानेपानी आयोजनाको विषयमा जवाफ दिँदै मन्त्री मगरले आफूलाई नियोजित ढंगबाट मिडियाले बदनाम गराउन खोजेको बताइन्।

मेलम्ची प्रकरणबारे सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री मगरले भनिन्, ‘मेरो कार्यकालमा ठूलो उपलब्धि भएको छ। हामीले सिएमसीलाई सहयोग गरेका छौं। तर अचानक यस्तो घटना भयो। जसले सिएमसी गए। मिडियाहरुले यति रकम खाएको भन्दै समाचार लेखे तर ८४ करोड १५ लाख म आउँदा भुक्तानी भएको छ। तर केही मिडियाले नियोजित ढंगले बदनाम गराउन खोजिएको छ।’

यसैबीच सचिव गजेन्द्र ठाकुरको विषयमा मन्त्री मगरले बोल्न चाहिनन्। ‘पूर्व सचिवले के प्रश्न उठाए के उठाएन त्यो विषयमा केही बोल्न चाँहदिन। मेलम्ची राष्ट्रिय गौरवको आयोजना हो। मेलम्चीमा कसैको जिद्धे नजर पर्न दिने छैन।’

आफूले बनाएको फर्मुला भित्र काम गरेको नदेखिएकोले सचिवको सरुवा भएको मगरले दाबी गरिन्।

सिएमसीसँग छलफल भइरहेको बताउँदै सिएमसी नआए 'रिटेन्डर' गरेर मेलम्चीको पानी ल्याउने उनले जानकारी दिइन्।

मन्त्री मगरसँग सांसदहरु डिला संग्रौला, राजेन्द्र कुमार केसी, महेश बस्नेत, गगन थापा, प्रेम सुवाल र बहादुर सिंह लामाले प्रश्न राखेका थिए।