सुनको भाउ एकै दिन ५०० रुपैयाँले घट्यो, प्रति तोला ६२ हजार ६००, किनबेच घट्न थाल्यो

बिजमाण्डू
२०७५ फागुन १० गते ११:४७ | Feb 22, 2019
सुनको भाउ एकै दिन ५०० रुपैयाँले घट्यो, प्रति तोला ६२ हजार ६००, किनबेच घट्न थाल्यो

काठमाडौं। सुनको भाउ एकै दिन तोलामा ५०० रुपैयाँले घटेर ६२ हजार ६ सय रुपैयँमा कारोबार भएको छ। बुधबार सुनको भाउ इतिहासकै महँगो ६३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। 

Tata
GBIME
Nepal Life

बिहीबार अन्तर्राष्ट्रिय बजारमा प्रति औन्स १५ डलरले घटेपछि यसको असर नेपाली बजारमा पनि परेको हो। 

त्यसैको असरले शुक्राबार सुनको भाउ तोलामा ५ सय रुपैयाँले झरेको हो। अमेरिका र चिनविचको व्यापार युद्ध अझै टुङ्गोमा पुग्न नसक्दा लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

पछिल्ला दिनमा सिजनमै सुनको भाउ लगातर बढ्न थालेपछि नेपाली बजारमा भने कारोबार घटिरहेको छ। यो समय बिवाह ब्रतबन्धको सिजन भएको हुँदा नेपाली बजारमा सुनको माग अत्याधिक हुने गर्छ। प्रति तोला ६० हजार रुपैयाँ नाघ्न थालेपछि बजारमा चहल पहल देखिन छाडेको हो।