कल डिपोजिट सीमा तोक्दा के होला साइड इफेक्ट? बैंकिङ विज्ञ बिएन घर्तिको लेख




अब बाणिज्य बैंकहरुले कल डिपोजिट कुल निक्षेपको १० प्रतिशतभन्दा तल कायम गर्नुपर्ने भएको छ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीतिको अर्धबार्षिक समिक्षा गर्दै सीमा तोकेको छ।

यो पनि पढ्नुस्: अर्कैले केरमेट गरेको नोट समाउँदा पनि जेल जानु पर्ने!
Tata
Swostik Collage


सीमा तोक्ने समाचारले बैंकिङ्ग उद्योगलाई तरङ्गित बनाएको छ। महत्वाकांक्षी जस्तो लाग्ने नीतिले दिन खोजेको संकेत के हो? यस्ले कस्तो साइड इफेक्ट पार्न सक्छ? यीनै प्रश्नहरुलाई केलाउने प्रयास यहाँ गरिएको छ। 

ताजा तथ्यांकले के भन्छ?
२०७५ साल पुस मसान्तसम्ममा “क”, “ख” र “ग” बर्गका बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ३० खर्ब ६६ अर्ब रुपैयाँ पुगेको छ। कुल निक्षेपमा कल डिपोजिटको अंश ३५४ अर्ब रुपैयाँ छ। 

यो पनि पढ्नुस्: बैंकरको मुटु हल्लाउने सम्पति शुद्धीकरण सम्बन्धि निर्देशन कसरी पालना गर्ने

यसरी हेर्दा बैकिङ उद्योगमा रहेको कुल निक्षेपमा कल डिपोजिटको योगदान अहिले ११.५५ प्रतिशत देखिन्छ। त्यस्तैगरी, बाणिज्य बैंकहरुको मात्र कुल निक्षेप २६ खर्ब ५६ अर्व रुपैयाँ पुगेको छ। यसमा कल डिपोजिटको हिस्सा २८४ अर्व रुपैंयाँ (१०.६९ प्रतिशत) छ। 

यो पनि पढ्नुस्बैंक डुबेपछि जन्मियो वासेल–१ र २, वित्तीय संकटले ३ आयो

बिकास बैंकहरुको कुल निक्षेपमा कल डिपोजिटको अंश १९ प्रतिशत देखिन्छ। त्यस्तैगरी, फाइनान्स कम्पनीहरुमा कल डिपोजिट करिव ६ प्रतिशत छ।

२०७५ साल पुस महिनामा बाणिज्य बैंकहरुमा रहेको कुल निक्षेप र कल डिपोजिटको अंशः

बैंक (रुपैयाँ १० लाखमा)

कुल निक्षेप

कल डिपोजिट

कल डिपोजिट %

Prime

            76,727

          19,455

25%

NCC

            64,651

          12,777

20%

Century

            64,128

          11,264

18%

Civil

            43,076

            7,540

18%

SBL

          106,385

          18,390

17%

Mega

            70,225

          10,416

15%

NBB

            52,381

            7,548

14%

Kumari

            75,352

          10,746

14%

NIC

          175,764

          24,597

14%

PRABHU

          104,962

          14,684

14%

NABIL

          149,379

          20,617

14%

Laxmi

            74,901

          10,021

13%

EBL

          124,178

          15,562

13%

NIBL

          142,107

          15,372

11%

Sanima

            85,681

            8,418

10%

NMB

            88,071

            8,484

10%

MBL

            85,176

            8,171

10%

Janata

            68,438

            6,494

9%

BOK

            79,823

            6,426

8%

Sunrise

            76,062

            5,943

8%

SCBNL

            65,984

            4,765

7%

Citizens

            66,270

            4,346

7%

Global

          113,176

            7,047

6%

RBB

          181,144

          11,170

6%

HBL

          109,245

            6,191

6%

NBL

          105,678

            5,248

5%

NSBI

            97,838

            2,341

2%

ADBNL

          110,133

               731

1%


किन हुनु पर्छ कल डिपोजिटको अंश थोरै?
प्राकृतिक व्यक्ति र मुनाफा कमाउने उद्देश्य नराखी स्थापना भएका संघ संस्थाले व्याज आउने बचत खाता खोल्न पाउँछन्। तर नाफा कमाउने उद्देश्यले स्थापना भएका फर्म, कम्पनी, संस्थान आदिले बचत खाता खोल्न पाउँदैनन्। 

त्यसकारण, यस्ता कानुनी व्यक्ति र प्रबन्धले चल्ती खाता खोली कारोवार गर्दछन्। र, व्याज आम्दानीका लागि कल डिपोजिट खाता खोल्दछन्। 

कल खाताको चेक बुक जारी गरिँदैन। तथापि, यस खातामा राखिएको निक्षेप माग गर्ने वित्तिकै बैंकले भुक्तानी दिनु पर्दछ। त्यसैले यसको नाम नै कल डिपोजिट भनेर राखिएको हो। आफुलाई चाहिएको बेलामा निक्षेप बाहिर जान सक्छ। नचाहिएको बेलामा थुप्रिन सक्दछ। निक्षेप आएपछि व्याज दिनै पर्यो। व्याज खर्च बढि हाल्छ। तर, कल निक्षेप बढ्दैमा दीर्घकालिन कर्जा प्रवाह गर्ने निर्णय लिन पनि सकिदैन। त्यसैले, कल डिपोजिटलाई अस्थिर किसिमको निक्षेप मानिन्छ।  

जब जब तरलताको चाप पर्दछ बैंकहरुले अलिकति बढि व्याज दिँदै निक्षेप तान्ने कोशिस गर्दछन्। बिहान आफुसँग रहेको निक्षेप साँझ अर्कैकोमा पुगिसकेको हुन सक्दछ। त्यसैले आज तरलता राम्रो अवस्थामा छ भनेर ढुक्क रहेको बैंक केहि दिनमा नै छट्पटिनु पर्ने अवस्थामा पुग्न पनि सक्दछ। 

त्यसैले, यस प्रकृतिको निक्षेपबाट बैकिङ्ग उद्योगमा सृजना हुने अस्थिरता घटाउन नियमनकारी निकायले कल डिपोजिटलाई घटाउने नीति लिएको हो। 

कल डिपोजिटको बिगतले के भन्छ?
अहिले नै बाणिज्य बैंकहरुमा कल निक्षेप करिव ११ प्रतिशत छ। तर, यो त समग्रमा हो। केही बैंकको त २० प्रतिशतभन्दा माथि पनि छ। त्यसोभए १० प्रतिशतभन्दा तल कसरी ल्याउन सकिएला त? सहजै प्रश्न उठ्न सक्छ। यसका लागि करिव ५ बर्ष अगाडि २०७० साल कात्तिक मसान्तको तथ्यांक केलाउनु यहाँ सान्दर्भिक देखिन्छ। 

त्यति बेला बैकिङ उद्योगमा निक्षेप जम्मा १३ खर्ब २० अर्व रुपैयाँ थियो। र, कल डिपोजिट २२८ अर्व रुपैंया (१७.२७ प्रतिशत) थियो। कल डिपोजिट बिकास बैकहरुमा करिव १७ प्रतिशत र फाइनान्स कम्पनिहरुमा करिव १९ प्रतिशत थियो। 

बाणिज्य बैंकहरुसँग रहेको कुल निक्षेप ११ खर्ब ७१ अर्ब रुपैँयामा कल निक्षेपको अंश २२८ अर्ब रुपैयाँ (१८.३० प्रतिशत) थियो। करिव ५ बर्षको अबधिमा बाणिज्य बैंकहरुमा कल डिपोजिट १८.३० प्रतिशतबाट १०.६९ प्रतिशतमा ओर्लिएको छ। 

फाइनान्स कम्पनीहरुको करिव १९ प्रतिशतबाट घटेर करिव ६ प्रतिशतमा आइपुगेको छ। बिकास बैंकहरुको भने केहि बढेर करिव १७ प्रतिशतबाट करिव १९ प्रतशितमा उक्लिएको छ। त्यतिबेला संचालनमा रहेका ३१ बाणिज्य बैंकमध्ये २५ वटा बैंकको कल डिपोजिट १० प्रतिशतभन्दा बढी थियो। अहिले संचालनामा रहेका २८ बैंकमध्ये १४ बैंकको मात्र १० प्रतिशतभन्दा माथि बढि कल डिपोजिट रहेको छ।  

२०७० साल कात्र्तिक महिनामा बाणिज्य बैंकहरुमा रहेको कुल निक्षेप र कल डिपोजिटको अंशः

बैंक (रुपैयाँ १० लाखमा)

कुल निक्षेप

कल डिपोजिट

कल डिपोजिट %

कैफियत

Prime

        27,994

       13,252

47%

 

 

11 Banks having more than 25% call deposits

Century

        13,375

         4,421

33%

NBB

        22,546

         7,146

32%

SBL

        29,984

         9,414

31%

Grand

        19,020

         5,929

31%

Janata

        13,978

         4,188

30%

Mega

        15,015

         4,474

30%

NABIL

        70,370

       20,799

30%

NCC

        22,726

         6,669

29%

Citizens

        23,546

         6,837

29%

Kumari

        26,196

         7,219

28%

NIC

        38,176

         9,501

25%

 

 

 

 

 

14 Banks having call deposits below 25% and above 10%

NIBL

        69,772

       17,062

24%

Civil

        16,114

         3,934

24%

CTBNL

        11,645

         2,699

23%

NMB

        19,433

         4,450

23%

EBL

        58,131

       12,896

22%

Lumbini

        11,685

         2,580

22%

Laxmi

        27,470

         5,797

21%

BOK

        28,328

         5,682

20%

MBL

        29,526

         5,897

20%

Sunrise

        25,680

         4,707

18%

Sanima

        18,315

         3,212

18%

Global

        36,327

         5,404

15%

HBL

        58,320

         7,747

13%

Kist

        20,649

         1,895

9%

 

 

6 Banks having call deposits below 10%

NSBI

        55,205

         4,609

8%

SCBNL

        42,128

         2,370

6%

RBB

        91,076

         3,455

4%

NBL

        63,992

         1,702

3%

ADBNL

        63,782

             17

0.03%


कल डिपोजिट १० प्रतिशत भन्दा तल आउला?
समग्रमा बाणिज्य बैंकहरुले कल निक्षेप घटाउँदै गएको देखिन्छ । कल निक्षेप त्यसै पनि घटेर १०.६९ प्रतिशतमा आइसकेको छ। कल डिपोजिटको अंश त्यसै पनि घट्दै गएको छ। नियमनकारी निकायले सीमा भन्दा तल ल्याउन समय अवस्य दिइहाल्छ निर्देशन आएपछि बाणिज्य बैंकहरुले कल डिपोजिटलाई घटाउँदै लैजान्छन्। नियमनकारी निकाले निर्देशन दिएपछि त्यसको अनुपालना बैंकहरुले गरिहाल्छन् नै। 

कस्तो हुन सक्छ साइड इफेक्ट?
सामान्यतया अस्थिर निक्षेपको अंश कम भएपछि यसले जोखिम व्यवस्थापनमा योगदान त दिइहाल्नु पर्ने हो। तर, यस्तो निक्षेपको अंश कसरी कम गराइन्छ भन्ने मुख्य कुरा हो। 

चुक्ता पूँजी २ अर्व ५० करोड भएपछि संस्थागत निक्षेपकर्ताहरुले बिकास बैंकहरुलाई हेर्ने दृष्टिकोणमा केहि परिवर्तन गरेका छन्। त्यसैले, संस्थागत कल डिपोजिट केहि बाणिज्य बैंकहरुबाट राष्ट्रियस्तरका बिकास बैंकहरुतिर सोझिन सक्दछ। तर, यस्ले साइड इफेक्ट ल्याउन सक्दछ। 

बिकास बैंकहरु साना साना व्यक्तिगत निक्षेपमा बढि निर्भर छन्। त्यसैले, तरलताको अभाव भएको बेलामा पनि बिकास बैंकहरुलाई त्यति असर परेको सुनिएको छैन। तर, १९ प्रतिशत कल निक्षेप हुनुले यी बैंकहरुले पनि संस्थाहरुको कल निक्षेप राम्रैसँग लिन थालिसकेको संकेत देखिन्छ। 

बाणिज्य बैंकमा भएको कल डिपोजिट बिकास बैंकतिर जान थाल्यो भने भविष्यमा बिकास बैंकहरुलाई तरलता चापको समयमा छट्पटाउनु पर्ने अवस्था आउन सक्दछ। 

अर्को मुख्य कुरा कल डिपोजिटलाई १ महिना वा ३ महिनाको मुद्दतिमा परिवर्तन गर्ने रणनीति बैंकले लिन पनि सक्दछन्। यसो गर्दा कल डिपोजिटको अंश त कम देखिएला। तर, तरलता व्ववस्थापन आशातित सफलता दिन सक्दैन। 

कल निक्षेप साँच्चै घटेको हो?
तथ्यांकले कल निक्षेपको अंश घटेको देखिन्छ नै। तर, कसरी घट्यो यो प्रश्न महत्वपूर्ण छ। २०६६ सालबाट नै तरलता व्यवस्थापनमा थोरै धेरै अप्ठ्यारा देखिँदै आएको छ। त्यसैले बैंकहरुले १ वर्षे मुद्दतिमा १२ प्रतिशतको वरिपरि व्याजदर प्रदान गर्दै आएका छन्। १ वर्षे मुद्दतिमा १२ प्रतिशतको वरिपरि व्याजदर पाएपछि केहि व्यक्तिगत बचतकर्ता र संस्थागत निक्षेपकर्ता पनि मुद्दति निक्षेपतर्फ आकर्षित भए। 

२०७० सालमा बाणिज्य बैंकहरुको निक्षेपमा मुद्दतिको अंश  ३३ प्रतिशत थियो। त्यो बढेर अहिले ४७ प्रतिशत पुगेको छ। सिद्धान्तत: ४७ प्रतिशत मुद्दति निक्षेप हुनुले तरलता व्यवस्थापनमा सहजता हुनुपर्ने इंगित गर्दछ। तर, कुल निक्षेपको झण्डै ५० प्रतिशत मुद्दति निक्षेप हुँदा पनि बैंकहरुलाई सहजता छैन। बर्षेनि कात्तिक लागेपछि निक्षेप व्यवस्थापनका लागि बैंकहरुको दौंडधूप सुरु भैहाल्छ। 

किन गरेन मुद्दति निक्षेपले सहयोग?
करिव ५ वर्ष अगाडि बाणिज्य बैंकहरुसँग भएको कुल निक्षेपमा बचतको अंश करिव ४० प्रतिशत थियो। अहिले करिव ३२ प्रतिशतमा झरेको छ। मुद्दतिमा उच्च व्याजदर पाएकाले व्यक्तिगत बचतकर्ताहरु मुद्दति तर्फ आकर्षित भएका छन्। 

वचत खातामा रहेको भए पनि व्यक्तिगत निक्षेप लगभग स्थीर नै रहन्थ्यो। त्यसैले, १ बर्षे  मुद्दतिमा राख्दैमा यस्ले खासै तात्विक भिन्नता ल्याएन। बरु, १ बर्ष पुग्ने वित्तिकै उक्त निक्षेप अर्को बैंकमा जान नदिन दौड्धुप गर्नुपर्ने कार्य बढायो। 

अर्कोतिर उच्च व्याजदर पाइने भएकाले संस्थागत निक्षेपकर्ता पनि १ बर्षे  मुद्दतितर्फ आकर्षित भए। तर, निक्षेप ल्याउन पाएको छैन, भुक्तानी दिनुपर्ने दिन आइहाल्छ। त्यही निक्षेप आफुसँग राख्नका लागि प्रयास गर्दा गर्दै बैंकहरुबीच “प्राइस वार” हुन थाल्यो। 

मुद्दति निक्षेप त बढाइयो। तर, लगभग सबै १ बर्षका लागि! त्यसैले, यस्ले खास स्थीरता ल्याउन सकेन। त्यसमाथि पनि केहि बर्षयता निक्षेपको परिचालनको तुलनामा कर्जाको माग अत्याधिक बढेर गएको देखिन्छ। त्यसैले कर्जा लगानी योग्य स्रोत परिचालन गर्नका लागि बैंकहरुलाई संघर्ष गर्नु परिरहेको छ। 

के राष्ट्र बैंकको नयाँ नीतिले जोखिम न्यूनीकरणमा योगदान देला?
नेपाल राष्ट्र बैंकको कल डिपोजिटलाई १० प्रतिशतभन्दा तल ल्याउने नीतिले आशातित फल दिनका लागि संघर्ष गर्न सक्ने आंकलन गर्न सकिन्छ। यो प्रयोग गर्नुपर्ने औंजार हो। तर, ठ्याक्कै निको पार्ने औजार भने नहुन सक्दछ। 

बैंकहरुले २०/२५ बर्षसम्मका लागि दीर्घकालिन कर्जा प्रवाह गरिरहेका छन्। तर, त्यसका लागि दीर्घकालिन स्रोत भनेको लगभग पूँजी कोष मात्रै हो। दीर्घकालिन मुद्दति निक्षेप कम भएकाले यसले खासै योगदान दिन सकेको छैन। र, यसका लागि बचत निक्षेपमा बढि भर पर्नुपर्ने भएको छ। 

त्यसैले, ३ वर्षेदेखि ५ बर्षे निक्षेप बढाउने औंजारहरु प्रयोग गर्न सके यस्ले जोखिम व्यवस्थापनमा योगदान दिन सक्थ्यो। बैंकहरु व्याजदर घटिहाल्छ, महँगो व्याजमा लामो समयका लागि निक्षेप किन लिने भन्ने रणनीतिमा रहेको देखिन्छ। 

निक्षेपकर्ताहरु पनि १ बर्षका लागि राख्दा पनि र ५ बर्षका लागि राख्दा पनि लगभग उस्तै व्याजदर भए किन ५ बर्षलाई राख्ने भन्ने मानसिकताबाट प्रेरित देखिन्छन्। 

२०७४ साल माघ महिनाको मुद्दति निक्षेपको स्थिति

मुद्दतिको अवधि

(रु. दश लाखमा)

भारित औषत ब्याज दर

निक्षेप रकम

अवधि अनुसार %

Up to 1 month

9.98%

                19,344

2

1 – 3 months

9.97%

                65,677

7

3 – 6 months

10.31%

                69,579

8

6 – 12 months

10.48%

              475,357

52

1 – 2 years

10.02%

              202,140

22

2 years and above

9.06%

                84,870

9

Total Fixed Deposit

 

              916,967

100


९१ प्रतिशत मुद्दति निक्षेप २ बर्षभन्दा कम अबधिलाई राखिएको माथिको तथ्यांकले देखाउँछ। मुद्दति निक्षेपले दीर्घकालिन लगानीलाई पटक्कै सहयोग गरेको छैन। दीर्घकालिन निक्षेप राख्न व्याजदरले आकर्षित गरेको पनि छैन। नेपाल राष्ट्र बैंकले दीर्घकालिन निक्षेप बढाउनका लागि लिनुपर्ने नीति यहाँनेर हो। 

अहिले त्यसै पनि वास्तकिता नबुझी कर्जाको व्याज महँगो भयो भनेर सर्बत्र चासो व्यक्त गर्न थालिएको छ। त्यस कारण पनि लामो अबधिका लागि महँगो व्याजदरमा निक्षेप स्वीकार गर्ने रणनीति बनाउन बैंकहरु हिच्किच्याएका छन्। 

तर, जोखिम व्यवस्थापन गर्ने दृष्टिकोणबाट एक निश्चत अंशसम्म महँगो व्याज तिरेर भए पनि दीर्घकालिन निक्षेप लिने रणनीति बनाउन बैंकहरु हिच्किच्याउन हुँदैन। यो बढि खर्च होइन। यो त “कष्ट अफ डुइङ्ग बिज्नेस्” हो। “कष्ट अफ म्यानेजिङ्ग रिस्कस्” हो। 

त्यसैले, यहाँनेर नेपाल राष्ट्र बैंकले १ बर्षभन्दा बढी अबधिका लागि रहने कुल मुद्दति निक्षेप बढाउन योगदान दिने नीति लागू गर्नु उपयुक्त हुने देखिन्छ। बैंकहरु पनि लामो अबधि रहने निक्षेपलाई आकर्षित गर्ने योजना र रणनीति बनाउन लाग्नु पर्ने आवश्यक्ता देखिएको छ। यसले हरेक बर्ष मुद्दति नवीकरणका लागि गर्नुपर्ने संघर्षलाई केहि कम गर्दै लैजान सहयोग गर्ने विश्वास गर्न सकिन्छ। तर, यस अभियानमा एक्लै लागेर हुँदैन। सबै बैंकहरु एकजुट हुँदा सहजता हुन्छ।
(घर्ति बैंकिङ विज्ञ हुन्।) 

Share this Story

   

कल डिपोजिट सीमा तोक्दा के होला साइड इफेक्ट? बैंकिङ विज्ञ बिएन घर्तिको लेख को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.