अध्यक्षहरुसँग छलफल गरिरहेका बेला बैंकर संघलाई आकस्मिक डाक्यो राष्ट्र बैंकले

बिजमाण्डू
२०७५ फागुन ९ गते १८:०२ | Feb 21, 2019

काठमाण्डौं। सञ्चालक समितिका अध्यक्ष र सदस्यहरुसँग छलफल गरिरहेका बेला नेपाल राष्ट्र बैंकले बैंकर्स संघका प्रतिनिधिहरुलाई डाकेको छ।

Tata
GBIME
Nepal Life

संघले राष्ट्र बैंकले ल्याएको मौद्रिक समिक्षाका केही घोषणा, ब्याज दर नियन्त्रण गर्ने ब्यापारीको आन्दोलनलगायतका बारेमा छलफल गर्न बिहीबार १ बजे होटल अन्नपुर्णमा बैठक डाकेको थियो।

बैठकमा अहिको बस्तु स्थिति, समस्याको जग, समाधानका उपाय लगायतका बारेमा छलफल चलिरहँदा राष्ट्र बैंकले अपर्झट बैंकर्स संघका प्रतिनिधिहरुलाई डाकेको थियो। आकस्मिक रुपमा डाकेपछि बैठक अधुरै अन्त्य गर्दै बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाको नेतृत्वमा एक टोली राष्ट्र बैंक कार्यालय बालुवाटार पुगेको थियो।

बैंकर्स संघले बुधबारको बैठकपछि राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षामार्फत ल्याएका कार्यक्रमहरुको सार्बजनिक आलोचना गरेको थियो। खासगरी स्प्रेडदर, ब्याजको प्रिमियम तोक्ने बिषयलाई लिएर असहमति जनाएको थियो।

सार्बजनिक असहमतिपछि बैंकका अध्यक्ष र सञ्चालकहरुलाई बैठकमा डाकेको थियो। बैठक चल्दै गर्दा गभर्नर कार्यालयबाट उनीहरुलाई डाकिएको हो। बैठकका बारेमा नियमन र सुपरिवेक्षण दुबै विभागलाई जानकारी छैन। गभर्नर कार्यालयका अधिकारीहरुले पनि बैंकरलाई नडाकेको बताएका छन्। बैंकर्स संघका प्रमुख कार्यकारी अनिल अधिकारीले भने राष्ट्र बैंकबाट बोलावट आएपछि कार्यक्रम सकिएको बताए।