चौधरी फाउन्डेसनले शिविर चलाएर ५०८ जनालाई कृतिम हातखुट्टा जडान गरिदियो, अब स्थायी

बिजमाण्डू
२०७५ फागुन ९ गते १३:४६ | Feb 21, 2019
 चौधरी फाउन्डेसनले शिविर चलाएर ५०८ जनालाई कृतिम हातखुट्टा जडान गरिदियो, अब स्थायी

काठमाडौं। चौधरी फाउण्डेसनले संचालन गरेको कृतिम हात खुट्टा जडान शिविरबाट पा“च सय आठ जना व्यक्तिहरु लाभान्वित भएका छन्। विभिन्न कारणबाट हात खुट्टा गुमाउनु परेका व्यक्तिका लागि यो शिविर निकै महत्वपूर्ण अवसर सावित भएको फाउन्डेसनले जनाएको छ।
 
काठमाडौंको नर्भिक इन्टरनेशनल हस्पिटल र नवलपुरको सहज सामुदायिक अस्पतालमा शिविरको आयोजना गरिएको थियो। गत पुस २७ गते शुरू भएको शिविर फागुन ८ गतेसम्म संचालन गरिएको थियो। 

Tata
GBIME
Nepal Life

चौधरी फाउण्डेसनका अध्यक्ष विनोद चौधरीले हात खुट्टा जस्ता संवेदनशिल अंगको अभावमा जीवन विताईरहेकाहरुलाई सहयोग गर्न पाउनु आफ्ना लागि अहोभाग्य भएको बताए। ‘हात खुट्टा नहुनु भनेको जीवन नै अर्कै चरणबाट गुज्रिन बाध्य हुनु हो। हामीले कृतिम हात खुट्टा उपलब्ध गराएर उहा“हरूको जीवनमा रूपान्तरण ल्याउने कोशिस गरेका छौ“। यसले उहा“हरूको जीवनमा ठूलो फरक पार्नेछ भन्ने हाम्रो विश्वास छ,’ अध्यक्ष चौधरीले भने, ‘यसबाट राष्ट्रले समेत सवल र योग्य नागरिक पाएको छ।’

चौधरी फाउण्डेसनले भगवान महाविर विकलाङ्ग सहायता समिति र भारतीय दुतावासस“गको सहकार्यमा नेपालमा कृतिम खुट्टा वितरण गर्ने कार्यक्रम संचालन गरेको हो। पहिलो चरणमा काठमाडौंको नर्भिक अस्पतालमा पुस २७ देखि ३० गतेसम्म ५९ जना लाभान्वित भएका थिए। दोस्रो चरणमा नवलपुरको गैंडाकोटस्थित सहज सामुदायिक अस्पतालमा माघ ३ गतेदेखि संचालनमा आएको शिविरबाट थप ४६१ जना लाभान्वित भएका छन्। जसमध्ये ४ सय ३५ जनाले कृतिम खुट्टा, ५२ जनाले कृतिम हात र २१ जनाले क्यालिपरको सेवा लिएका थिए।

नेपालमा करिव एक लाख मानिसका लागि कृतिम हात खुट्टाको आवस्यकता रहेको अनुमान छ। यो समस्यालाई दिगो रुपमा समाधान गर्न चौधरी फाउण्डेसनले भगवान महाविर विकलाङ् सहायता समिति र सहज सामुदायिक अस्पतालस“गको सहकार्यमा स्थाई रुपमा नै यो सेवा शुरू गर्ने योजना बनाएको छ। स्थाई सेवा शुरू भएपछि आवस्यक व्यक्तिले आफ्नो अनुकुल समयमा अस्पतालबाट सेवा लिन सक्नेछन्।