महिन्द्राका गाडीको कुम्भ मेला ‘महिन्द्रा उदय २०१९’ शुक्रबारदेखि, दुई नयाँ गाडी बजारमा उतार्ने

बिजमाण्डू
२०७५ फागुन ९ गते १०:५८ | Feb 21, 2019
महिन्द्राका गाडीको कुम्भ मेला ‘महिन्द्रा उदय २०१९’ शुक्रबारदेखि, दुई नयाँ गाडी बजारमा उतार्ने

काठमाडौं। महिन्द्रा कम्पनीले नेपालको आधिकारीक विक्रेता अग्नि इन्कर्पोरेटेड, एमभी दुगर ग्रुप र स्वराज पार्टनरको संयुक्त आयोजनामा शुक्रबारदेखि ३३ भन्दा बढी उत्पादन प्रदर्शन गर्ने भएको छ। 

Tata
GBIME
Nepal Life

यसअघि श्रीलंकामा आफ्नो उत्पादन एकल प्रदर्शन गरेको कम्पनीले यो वर्ष नेपालमा वृहत रुपमा 'महिन्द्रा उदय २०१९' मार्फत उत्पादन प्रदर्शन गर्न लागेको अग्नि इन्कर्पोरेटेडका बजार प्रमुख सिजन न्यौपानेले जानकारी दिए। उनका अनुसार यस प्रकारको मेला नेपाल अटो जगतमै पहिलो पटक आयोजना हुन लागेको हो। 

मुलुकभर महिन्द्राको सेवाग्राहीसँगै सर्वसाधरणलाई महिन्द्राको उत्पादन बारे विस्तृत जानकारी र जीवनशैलीमा आधारित मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गर्ने योजना रहेकाले सर्वसाधारणले नौलो अनुभव गर्न सक्ने न्यौपानेले बताए।

'महिन्द्रा उदय २०१९' सर्वसाधरणलक्षित मेला हो। यो मेलामार्फत सर्वसाधरणलाई नयाँ अनुभव लिन सक्नुहुनेछ। उहाँहरुले मेलामा महिन्द्राको विभिन्न उत्पादन सहित नेपाली रैथाने परिकार, कन्टिनेन्टल परिकारसँगै विभीन्न चर्चित कलाकारहरुको प्रस्तुतिबाट मनोरञ्जन लिन सक्नुहुनेछ' न्यौपानेले भने।

उनका अनुसार ११ वटा फुडस्टल रहने मेलामा ३० रुपैयाँदेखि तीन सय ५० रुपैँयाँसम्मको परिकारको स्वाद लिन सक्नेछन्। इन्टरनेट मार्फत www.mahindraudaya.com बाट इन्ट्रि गर्ने सर्वसाधरणले मेलामा निशुल्क भाग लिन सक्ने कम्पनीले जनाएको छ। शुक्रबारदेखि आइतबारसम्म आयोजना हुन लागेको मेलाको सेवा शूल्क भने प्रति व्यक्ति एक सय रुपैयाँ राखिएको छ।  

एउटै मेलामार्फत महिन्द्राको एकल उत्पादन सहित सुचना र विकास चरणलाई सर्वसाधरण माझ प्रस्तुत गर्ने मेलाको मूल उद्धेश्य रहेको उनले बताए। मेलामा कम्पनीले सर्वसाधरणको मागलाई केन्द्रित गर्दै भारतमा गत साता सार्वजनिक भएको महिन्द्राको एक्सयुभी थ्री डबल ओ र केहि महीना अगाडि भारतमा सार्वजनिक भएको मराज्जो प्रदर्शनमा राख्न लागिएको आयोजक कम्पनीले जानकारी दिएको छ।

कम्याक एसयुभी 'स्पोर्ट युटिलीटी भेहिकल' थ्री डबल ओमा यात्रुको सुरक्षालाई मध्यनजर गर्दै एयरब्याग, एन्टिलकिङ ब्रेकिङ सिस्टम, चारै चक्कामा डिस्क ब्रेक, इन्जिन मोविलाइजर, ट्र्याक्सन कन्ट्रोल, सेन्ट्रल लकिङ सिस्टम, पावर डोर लक, साइड एयरब्याग, ब्रेक असिस्ट, हिल असिस्ट लगायतका सुविधा जडान गरिएको कम्पनीले जानकारी दिएको छ। 

कम्पनीका अनुसार चार हजार पाँच सय ८५ एमएम लम्बाई र १८ सय ९० एमएम चौडाई भएको यो गाडीको उचाई १७ सय ८५ एमएम रहेको छ भने ह्विल बेस २७ सय एमएम रहेको छ।

ग्राहकले गाडीमा डुअल जोन क्लाइमेट कन्ट्रोल, क्रुज कन्ट्रोल, मनोरञ्जनको लागि इन्फोटेन्मेन्ट सिस्टम, एयरकन्डिसन, फ्रन्ट एण्ड रियर आर्मरेस्ट, पार्किङ सेन्सर लगायतका नयाँ प्रविधिको सुविधा लिन सक्ने कम्पनीको दाबी रहेको छ। पेट्रोल र डिजल दुवै भर्सनमा रहेको गाडीको प्रत्येक भर्सनको चारवटा भेरियन्ट रहेको कम्पनीले बताएको छ।   

यसैगरी कम्पनीले मेलामा हालसम्मकै ठूलो पेसेन्जर भेहिकल 'मोराजो' प्रदर्शनमा राख्ने योजना बनाएको छ। आठ जना यात्रु आरामदायी बस्न सक्ने कम्पनीले जनाएको छ। सार्क माछाको आवरणमा आधारित यो गाडीको केहि भागमा 'हन्टीङ फीस' शिकारी माछाको डिजाइन देख्न सकिने कम्पनीले जनाएको छ।

गाडीको लम्बाई ४५ सय ८५ एमएम र चौडाइ १८ सय ९० एमएम रहेको गाडीको उचाई १७ सय ८५ एमएम रहेको छ भने व्हिल वेस २७ सय ६० एमएम रहेको छ। गाडीमा ग्राहकको सुरक्षा लक्षित एयरब्याग, एन्टिलकीङ ब्रेकिङ सिस्टम, चाइल्ड सेफ्टी लक, सेन्ट्रल लकिङ लगायतका सुविधा समावेश गरिएको छ।