महालक्ष्मी विकास बैंक र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौतामा हस्ताक्षर

बिजमाण्डू
२०७५ फागुन ८ गते १८:२५ | Feb 20, 2019
महालक्ष्मी विकास बैंक र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौतामा हस्ताक्षर

काठमाडौं। महालक्ष्मी विकास बैंक र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौतामा हस्ताक्षर भएको छ। 

Tata
GBIME
Nepal Life

बैंकास्योरेन्ससम्बन्धि सम्झौतापत्रमा महालक्ष्मी विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरेका छन्। 

सम्झौताअनुसार ग्राहकहरुले महालक्ष्मी विकास बैंकबाट बीमा कम्पनीको जीवन बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न,  दावी भुक्तानीलगायत सम्पूर्ण जीवन बीमा सेवाप्राप्त गर्न सक्छन्।