स्मार्ट च्वाइस टेक्नोलोजिजको अध्यक्षमा देवीप्रकाश भट्टचन चयन, ७० भन्दा बढि संस्था आबद्ध

बिजमाण्डू
२०७५ फागुन ८ गते १३:२४ | Feb 20, 2019
स्मार्ट च्वाइस टेक्नोलोजिजको अध्यक्षमा देवीप्रकाश भट्टचन चयन, ७० भन्दा बढि संस्था आबद्ध

काठमाडौं। स्मार्ट च्वाईस टेक्नोलोजिजको अध्यक्षमा देबीप्रकाश भट्टचन चयन भएका छन्। कम्पनीको फागुन ६ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले प्रभु ग्रुपका अध्यक्ष भट्टचनलाई सर्वसम्मत रुपमा सञ्चालक समितिको अध्यक्षमा चयन गरेको हो।

Tata
GBIME
Nepal Life

स्मार्ट च्वाईस टेक्नोलोजिजले बैंकिङ टेक्नोलोजिको क्षेत्रमा एससिटी कार्ड मार्फत भुक्तानी सम्बन्धि कार्य गर्ने पहिलो राष्ट्रिय संस्थाको रुपमा सन् २००३ देखि काम गर्दै आएको छ। 

हाल यो संस्थामा १० वाणिज्य बैंकहरु सहित ७० भन्दा बढी बैंक तथा वित्तीय संस्था र सहकारी संस्थाहरु आवद्घ रहेका छन्। 

अन्तर्राष्ट्रिय नेटवर्क चाईना युनिअन पेसँग सहकार्य गरी कोब्रान्डेड आधुनिक चिपमा आधारित डेबिट कार्ड समेत जारी गरेको छ। यस्तो डेबिट कार्ड नेपाल र भारतमा पनि प्रयोग गर्न सकिन्छ।