इन्भेष्टमेन्ट बैंकले दुई अर्बको ऋणपत्र निष्काशन गर्ने, पूँजीकोष व्यवस्थापनको लागि ऋणपत्र

बिजमाण्डू
२०७५ फागुन ५ गते १०:४२ | Feb 17, 2019
इन्भेष्टमेन्ट बैंकले दुई अर्बको ऋणपत्र निष्काशन गर्ने, पूँजीकोष व्यवस्थापनको लागि ऋणपत्र



काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकले दुई अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्ने भएको छ। ऋणपत्र निष्काशनका लागि बैंकले गरेको क्रेडिट रेटिङ अनुसार प्रर्याप्त सुरक्षाको आधार जनाउने 'इक्रा एनपि एलए प्लस' प्राप्त गरेको छ।

Tata
GBIME
Nepal Life

बैंकले बफर क्यापिटलको व्यवस्थापनका लागि थप पूँजीको रुपमा ऋणपत्र निष्काशन गर्ने भएको हो। बैंकले यसअघि पनि ७५ करोड रुपैयाँको एनआइबि बण्ड २०७८ र ५० करोड रुपैयाँको एनआइबि बण्ड २०७६ निष्काशन गरेको थियो। जसध्ये ७५ करोड रुपैयाँको एनआइवि बण्ड २०७८ को पुनः रेटिङ गराएको छ। पुनः गरिएको रेटिङमा पनि बैंकले'इक्रा एनपि एलए प्लस' प्राप्त गरेको छ। 

दुबै ऋणपत्रको व्याजदर ८ प्रतिशत छ। क्रेडिट रेटिङ गरे पनि बैंकले नेपाल धितोपत्र बोर्डमा भने निवेदन दिएको छैन।बोर्डको पछिल्लो निर्देशन अनुसार बैंकहरुले ऋणपत्र निष्काशन गर्दा ४० प्रतिशत सर्वसाधारणको लागि छुट्टाउनु पर्नेछ।

नेपाल इन्भेष्टमेन्ट अधिकतम नाफा आर्जन गर्ने बैंकमा तेस्रो नम्बरमा रहेको छ। कर्जा वित्तार गर्ने क्रममा बैंकको पूँजी कोष अनुपात ११.९० प्रतिशतमा खुम्चिएको छ। बैंकको चुक्ता पूँजी १२ अर्ब ५८ करोड रुपैयाँ रहेको छ भने जगेडामा ११ अर्ब ९७ करोड रुपैयाँ छ।

बैंकले चालु आर्थिक वर्षको छ महिनामा एक खर्ब ४२ अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब २७ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ। निक्षेप तथा कर्जाको दायरा बढ्दै जाँदा बैंकहरुलाई बफर क्यापिटलको व्यवस्था गर्ने सुझाव आइरहेको छ।