रुग्ण उद्योग चलाउन प्याकेजमै डिल गर्ने अर्थमन्त्रीको घोषणा, एकल विन्दु सेवा केन्द्र पनि आउने

बिजमाण्डू
२०७५ फागुन ४ गते ११:३७ | Feb 16, 2019
रुग्ण उद्योग चलाउन प्याकेजमै डिल गर्ने अर्थमन्त्रीको घोषणा, एकल विन्दु सेवा केन्द्र पनि आउने


काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले रुग्ण उद्योग चलाउन प्याकेजमै डिल गर्ने बताएका छन्।

Tata
GBIME
Nepal Life

नेपाल तयारी पोशाक उद्योग संघको २६ औं वार्षिक साधारण सभा उद्‍घाटन गर्दै मन्त्री खतिवडाले गार्मेन्ट उद्योग लगायतका निर्यातजन्य रुग्ण उद्योग सञ्चालन गर्न प्याकेजमै डिल गर्ने धारणा राखेका हुन्।

आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्ने उद्योग सरकारको प्राथामिकतामा परेको भन्दै गार्मेन्ट उद्योगले आयात प्रतिस्थापन गर्नुका साथै निर्यात पनि प्रवर्द्धन गर्ने भएकाले सरकारको पहिलो प्राथामिकतामा रहेको पनि उनले दावी गरे।उनले एक वर्षमा १०० बढी कानुन संसोधन र दर्जनौ कानुन निर्माण गरेको खतिवडाले दावी गरे। उद्योगीहरुलाई एकद्वार सेवा दिने उदेश्यले एकल बिन्दु सेवा केन्द्र संचालन अन्तिम चरणमा पुगेको उनले बताए।

संघका अध्यक्ष चण्डीप्रसाद अर्यालले दुई हजार दुई सय मेसिन अहिले पनि उद्योगीले थन्काएको भन्दै उपयुक्त वातावरण भए तत्काल चलाउन सकिने बताए।निर्यातजन्य नयाँ उद्योग आए ५ वर्ष सम्म कर नलिने र रुग्ण उद्योग सञ्चालनमा ल्याए कम्तीमा दुई वर्ष कर नलिए ५० प्रतिशत पोशाक आयात प्रतिस्थापन गर्न सकिने अर्यालले दावी गरे।

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले ब्राण्डिङ र मार्केटिङ नगरे कुनैपनि उद्योग फस्टाउन नसक्ने भन्दै गार्मेन्ट उद्योगले पनि डिजाइन र ब्राण्डिङ गरेर उत्पादन गर्नुपर्ने बताए। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले चीन र भारत भन्दा बंगलादेश गार्मेन्ट उद्योगमा निकै अघि बढिसकेको स्मरण गराउँदै बंगलादेशबाट सिक्नुपर्ने बताए।

गार्मेन्ट उद्योग शोधानान्तरण घाटा कम गर्न निकै ठूलो योगदान दिने भएकाले त्यस्ता उद्योगलाई सरल कर्जा, ब्याजदरमा सहुलियत र विद्युत सम्ममा सहुलियत दिनुपर्ने गोल्छाले बताए।नेपाल तयारी पोशाक संघका पूर्व अध्यक्ष चण्डिराज ढकालले उद्योगीहरु सरकारलाई अप्ठेरोमा पार्न नभइ अन्तर्राष्ट्रिय क्षेत्रसाँग प्रतिस्पर्धा गर्न ब्याजदर विरुद्ध आन्दोलनमा उत्रिएको बताए।