हवाई गतिविधि निरीक्षणका लागि एडिबीएस जडान हुँदै, ‘पाइलटले ककपिटमा बसेर निर्देशनमात्र पालना गरे

बिजमाण्डू
२०७५ फागुन ३ गते १८:१० | Feb 15, 2019


काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाली आकाशको सबै हवाई गतिविधि सहजै निरीक्षण गर्नका लागि आगामी असारभित्र एडिबीएस 'अटोमेटिक डिपेण्डेन्ट सर्भिलेन्स ब्रोडकास्ट' संचालनमा ल्याउने भएको छ।

Tata
GBIME
Nepal Life

नेपाली आकाशमा उडान हुँदै आएका विभिन्न आन्तरिक र अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका जहाजको गतिविधि सहजरुपमा निरीक्षण गर्नका लागि तीनवटा क्षेत्रमा एडिएसबी जडान गर्न लागिएको प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले जानकारी दिए।

महानिर्देशक गौतमका अनुसार प्राधिकरणले भैरहवा, धनगढी, नेपालगञ्ज लगायत मुलुकको तीन क्षेत्रमा एडिएसबी जडान गर्न लागिएको छ।
तीनवटा ठाउँमा यो संयन्त्र जडान गर्दा नेपाली आकाश 'एरोस्पेस'को तल्लो तहमा पनि जहाजहरुको गतिबिधि निरीक्षण गर्न सकिने गौतमले बताए। हाल प्राधिकरणको र्या डर निरीक्षण सुर्खेतसम्म मात्र रहेको छ।  

'नेपाली एरोस्पेसमा उडान विभिन्न वायुसेवा कम्पनीका जहाजलाई सहजै निरीक्षण गर्ने उद्धेश्यले एडिएसबी जडान गर्न लागेका हौँ। यो संचालनमा आइसकेपछि विमान चालकले ककपीटमा बसेर एटिसीको निर्देशनमात्र पालना गरे पुग्छ। चालकले एटिसीसँग जहाज अवस्थाबारे धेरै जानकारी दिइरहनुपर्दैन। एटिसीले जहाजको अवस्था, गतिबिधि सहजै निरीक्षण गर्न सक्नेछन् भने सोही अनुरुप पाइलटले एटिसीको निर्देशनअनुसार जहाज उडान अवतरण गर्न सक्नेछन्।' गौतमले बिजमाण्डूसँग भने।  उपकरण जडानपछि उडानको क्षमता, प्रभावकारिता र सुरक्षा अभिबृद्धि हुने उनको भनाई छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानमा नेपालको तर्फबाट तीनवटा वायुसेवा कम्पनी र अन्य मुलुकका २६ वायुसेवा कम्पनीले २३ वटा गन्तब्यमा उडान गर्दै प्राधिकरणले जानकारी दिएको छ।

त्यसैगरी आन्तरिक उडानतर्फ भने १० वटा वायुसेवा कम्पनीका फिक्स्ड विङ जहाज संचालित छन्।