‘कम्युनिष्ट मुलुक भियतनाम जसको समृद्धिले विश्वकै ध्यान खिच्यो’, प्रभु बैकका सिइओको लेख

बिजमाण्डू
२०७५ फागुन ३ गते ११:५३ | Feb 15, 2019
‘कम्युनिष्ट मुलुक भियतनाम जसको समृद्धिले विश्वकै ध्यान खिच्यो’, प्रभु बैकका सिइओको लेख


रातो पृष्ठभूमिमा सुनौलो तारा अंकित झण्डा भएको कम्युनिष्ट देश हो भियतनाम । चीन, लाओस, क्याम्बोडिया, थाईल्याण्ड, मलेशिया, इण्डोनेशिया, फिलिपिन्स र दक्षिणी चिनियाँ सागर बाट घेरिएको मुलुक विगतमा आन्तरिक र अन्तराष्ट्रिय लामो द्धन्दबाट गुज्रिएको थियो।

Tata
GBIME
Nepal Life

३३१२१० स्क्वायर किलोमिटर क्षेत्र ओगटेको भियतनामको जनसंख्या ९ करोड ६२ लाख छ । जनसंख्याको हिसावले बिश्वको १५औं ठूलो मूलुक हो । चिनियाँ बाहुल्यता रहेको भियतनाममा १९औं शताव्दीको मध्य सम्म फ्रान्सको उपनिवेशको रुपमा रहेको थियो । जापानले पनि केही समय त्यो मूलुकमा सैन्य क्रियाकलापहरु संचालन गरेका थिए।

सन् १९५४मा फ्रेन्चहरु युद्धमा पराजित भएपछि हो चिमिन्हको कम्युनिष्ट फोर्सले उत्तरी भागमा शक्ति हातमा लिए । जसको दक्षिणी भागका सैनिकहरुले बिरोध गरेपछि मूलुक २ भागमा बाँडियो । उत्तरमा हो चिमिन्हले र दक्षिणमा बाओले शक्ति हातमा लिएर मूलुक संचालन गर्न थाले ।जेनेभामा भएको सन्धिका आधारमा १९५६मा पूर्नएकिकरणका लागी राष्ट्रिय निर्वाचन गर्ने सहमति बन्यो।

तर १९५५मा दक्षिणी भियतनाममा अमेरिकाको समर्थन पछाडि सन्धिको उल्लघंन गर्ने प्रक्रिया शुरु भयो । शीतयुद्धकालको समय भएकोले अमेरिका भियतनाममा सोभियत संघको समर्थनवाला कम्युनिष्ट सरकार नहोस भन्ने चाहान्थ्यो । यसैले दक्षिणी भियतनामका शासकहरुलाई युद्धका कला र हातहतियारको आपूर्ति गर्न थाल्यो । यसैको बलमा दक्षिणमा रहेका भियतनामी कम्युनिष्टका करीव १ लाख समर्थकहरुलाई पाशविक यातना दिइयो कतिपयलाई झुण्डाईयो ।

यसपछि भियतनाम युद्धको थालनी र करीव २ दशक सम्म जारी रहयो । यस युद्धमा करीव ५८००० अमेरिकी र २० लाख भियतनामी मारिए । ३० लाख भियतनामीहरु घाईते र १ करोड २० लाख भियतनामी शरणार्थी बन्न पुगे। यस युद्धका कारणले मूलुकको भौतिक संरचनाहरु र अर्थतन्त्र ध्वस्त बन्न पुगेको थियो । यसै युद्धमा अमेरिकाले नराम्रो हार ब्योहोर्यो र आजपर्यन्त यस युद्धको घाउ अमेरिकी र भियतनामीहरुको मुटुमा आलै रहेको पाईन्छ ।

तर आज समयले कोल्टे फेरेको छ ।युद्धको कारुण मैदानबाट उठेर भियतनामले तीन दशक भित्र आपूmलाई बिश्वको ध्यान आकृष्ट गर्न सक्ने मूलुकको रुपमा उभ्याएको छ । यसै महिना हुन लागेको अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाका राष्ट्र प्रमुख किम जोङकको शिखरवार्ता स्थलका रुपमा भियतनामलाई चयन गरिएको छ । र यस निर्णयले बिश्वभरिनै भियतनामको विषयमा खोजी नीति शुरु भएको छ,अर्थात सँगसँगै चर्चामा छ।

किन पर्यो भियतनाम रोजाईमा?
दुई शक्ति राष्ट्रका प्रमुखको रोजाईमा भियतनाम किन पर्यो। यसबारेमा संचारमाध्यममा आआफ्नै विश्लेषण छ।इमर्जिङ् अर्थतन्त्रको रुपमा रहेको भियतनामको प्रगतिको इन्डेक्स उकालो लागेको छ। यो इन्डेक्ससँग नेपालको आर्थिक सूचकांक तुलना गर्दा हामी धेरै पछि छौं।

 सन् २०१७को केही आकंडाहरु M

 

भियतनाम

नेपाल

कुल ग्राहर्स्थ उत्पादन

२२३.९ अर्व

यु.एस.डलर

२४.४७अर्व

यु.एस.डलर

प्रति व्यक्ति आय

२३४३.१२ यु.एस.डलर

८३५.०८ यु.एस.डलर

 

कुल ग्राहर्स्थ उत्पादन बृद्धिदर

६.८ प्रतिशत

७.५ प्रतिशत

जनसंख्या

९.३६ करोड

२.९७ करोड

 

काम गर्ने जनसंख्या

५.४८ कारोड

१.५६ करोड

बेरोजगार

२.२ प्रतिशत

३.३ प्रतिशत

गरिवीको रेखामुनि

८ प्रतिशत

१० प्रतिशत

 

व्यापार

विवरण

भियतनाम

नेपाल

कुल निर्यात

२१४ अर्ब यु.एस.डलर

 

 ८१.८७ करोड यु.एस.डलर

 

कुल निर्यात

२११.१ अर्ब यु.एस.डलर

 

 ११.०३ अर्ब यु.एस.डलर

 

   भियतनामको अन्य सूचकांक

   एयरपोर्ट

कुल

४५

कालोपत्रे]

३८

कच्ची

एयरलाईन्स कम्पनी

जहाज संख्या

१४०

वार्षिक यात्रा संख्या

२.९९ करोड

 

   रेलमार्ग 

कुल

२६०० कि.मि

स्टायाण्डर्ड गेज

४३१ कि.मि.

न्यारो गेज

२१६९ कि.मि.

   सडकमार्ग

कुल

१९५४६८ कि.मि.

कालोपत्रे

१४८३३८ कि.मि.

साधरण

४७१३० कि.मि

दुई राजनेताले भियतनामलाई बार्तास्थलका रुपमा छनौट गर्नुका केही कारणहरुका यही सन्दर्भलाई अनुमान लगाउन सकिन्छ।

१.भियतनामले सन १९८६ देखि बाहिरी बिश्वसँग व्यापारिक साझेदारीको शुरुवात गरेको हो । तीन दशकको अवधिमै यस मूलुकको आर्थिक समुन्नती र प्रगती देखेर आश्चर्यचकित बन्छन् । अझ यस मूलुकको ठूलो व्यापारिक साझेदारको रुपमा अमेरिकानै रहेको छ।

कुल निर्यातको २० प्रतिशतअर्थात ४२ अर्ब अमेरिकी डलर र कुल व्यापार ५२ अर्ब अमेरिकी डलर बराबरको कारोवार बिसौं बर्ष युद्ध लडेका मुलुकबीच अहिले भइरहेको छ । यसलाई अझ बृहत बनाउन ट्रम्पले भियतनामलाई रोजेका हुन सक्छन । किनकी हरेक बर्ष भियतनामले करीव ७ प्रतिशत बराबरको आर्थिक बृद्धिदरलाई कायम राखेको छ ।

२. सन २०१७मा सवैभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी एशियाप्रशान्त क्षेत्र रहेकोमा २०.३ अर्ब अमेरिकी डलर आफनो मूलुकमा भित्र्याएर चीन र भारतपछि तेस्रो मूलुकको रुपमा भियतनामले आफूलाई उभ्याउन सफल भएको छ। चीन र अमेरिकाबीचको व्यापारिक तनावका कारणले चीनमा स्थापित धेरै अन्तराष्ट्रिय कम्पनीहरुले भियतनामलाई अहिले बिकल्पको रुपमा लिईरहेका छन्। निकट भविष्यमा हुन गईरहेको बार्ताका कारणले यसलाई अझ टेवा दिन्छ ।

३. आर्थिक सवलताका कारणले र  एशियामा भियतनामले कुटनीतिक क्षेत्रमा पार्न सक्ने प्रभावको सम्भावनालाई पनि अमेरिकी प्रशासनले महत्व दिएको देखिन्छ । चीनको आन्तरीक मामलाका बारेमा धेरै भन्दा धेरै जानकारी हासिल गर्न सकिने खुडकिलोको रुपमा भियतनामलाई देखेको हुनसक्छ।

४. उत्तर कोरियालाई भियतनामको प्रगति र सम्बृद्धिबाट सकारात्मक बन्न प्रेरित गर्ने अभिप्रायले यो पटक बार्ताका लागी भियतनामलाई रोजिएको हुनसक्छ। कम्युनिष्ट देश भएपनि आर्थिक क्षेत्रलाई दिएको प्राथमिकताका कारणले ठूलो फडको मार्न सकिन्छ भन्ने उदाहरण देखाउँदै किमलाई शान्ती र सम्वृद्धिका लागी आणविक अस्त्रशस्त्रलाई तिलान्जली दिएर शान्तीको मार्गलाई अनुसरण गर्नका लागी प्रभाव पार्ने उदेश्य पनि जोडिएको हुनसक्छ ।

५. किमकालागी छोटो दूरीको हवाईयात्रापार गर्नुपर्ने भएकोले सुरक्षितमानिएको हुनसक्छ। अर्को कारण भियतनामसँग उत्तर कोरियाको सुमधर सम्वन्ध पनि छ।

६. भियतनाममा संचार गृह, सम्भावित विरोधलाई समेत नियन्त्रणमा राख्न सकिने भएकाले छनौंट गरिएको हुनसक्छ।

यी वाहेक अन्य कारण पनि होलान्। तर ट्रम्प र किमबीच हुनलागेको यस आणविक हतियार सम्बन्धी शिखरबार्तालाई निष्कर्षमा पुगेमा त्यसको सबैभन्दा बढी लाभ भियतनामलेनै लिनेछ। वार्ता फलदायी भएमा विश्वलेनै युद्धको त्रासबाट मुक्ति पाउनेछन् भने ट्रम्पका लागि आफ्नो गुमेको साख उकास्न यही वार्ता संजिवनी पनि बन्नेछ।