पूराना जीवन बीमा कम्पनी व्यवसाय विस्तारमा आक्रामक, पूराना सात कम्पनीले नाफा बढाए, दुईको घट्यो

बिजमाण्डू
२०७५ फागुन २ गते ०९:३७ | Feb 14, 2019
पूराना जीवन बीमा कम्पनी व्यवसाय विस्तारमा आक्रामक, पूराना सात कम्पनीले नाफा बढाए, दुईको घट्यो


काठमाडौं। नयाँ जीवन बीमा कम्पनी बजारमा आएसँगै पूराना कम्पनी थप आक्रामक देखिन थालेका छन्। ९ वटा जीवन बीमा कम्पनीहरु मध्ये ७ वटाले नाफा बढाएका छन् भने प्राइम लाइफ र राष्ट्रिय बीमा संस्थानको गत वर्षको तुलनामा घटेको छ।

Tata
GBIME
Nepal Life

नेपाल लाइफ इन्स्योरेन्स जीवन बीमामा सबैभन्दा अघि छ। नेपाल लाइफले सबैभन्दा धेरै २८ करोड ५ लाख रुपैयाँ नाफा गरेको छ। त्यस्तै सबैभन्दा कम राष्ट्रिय बीमा संस्थानले ८२ लाख ९३ हजार रुपैयाँ मात्रै नाफा गरेको छ।

त्यस्तै बीमा शुल्क आर्जनमा पनि नेपाल लाइफ सबैभन्दा अगाडि छ। कम्पनीले १० अर्ब ४७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। ९ वटा जीवन बीमा कम्पनीले पुससम्ममा ३० अर्ब १४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्। गत वर्ष कम्पनीहरुले २० अर्ब ७५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए।

पुराना जीवन बीमा कम्पनीको नाफा

बीमा कम्पनी

नाफा

बृद्धि (%)

पुस २०७५

पुस २०७४

प्राइम लाइफ इन्स्योरेन्स

90526

115193

-21.41

गुराँस लाइफ इन्स्योरेन्स

40995

25862.45

58.51

नेपाल लाइफ इन्स्योरेन्स

280526.12

279680.61

0.30

एशियन लाइफ इन्स्योरेन्स

28927

25862

11.85

लाइफ इन्स्योरेन्स कर्पोरेसन

71784

67601.75

6.19

नेशनल लाइफ इस्योरेन्स

171188

170811.00

0.22

सूर्या लाइफ इन्स्योरेन्स

108227

72657.00

48.96

मेट लाइफ इन्स्योरेन्स

125089.00

112936.00

10.76

राष्ट्रिय बीमा संस्थान

8293.00

12352.00

-32.86

जम्मा/ रुपैयाँ/औषत

925555.13

882955.81

 

किन घट्यो नाफा?
बीमा कम्पनीहरुको नाफा बीमा शुल्क आर्जनको तुलनामा कम देखिएको छ। बीमा समितिले नयाँ १० वटा जीवन बीमा कम्पनीलाई सञ्चालन अनुमति प्रदान गरेसँगै जीवन बीमा कम्पनीहरु बजार विस्तारमा आक्रामक देखिएका छन्।

बजार विस्तारका क्रममा कम्पनीकहरुको प्रशासनिक खर्च बढ्दा प्रिमियमको तुलनामा नाफा घटेको सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले बताए। कम्पनीहरुले शाखा विस्तार गरेसँगै नयाँ कर्मचारी भर्ना गर्ने र आवश्यक सवारी साधन खरीद गरेकोले नाफा घटेको हो।

जीवन बीमा कम्पनीहरुले आर्जन गरेको बीमा शुल्क आर्जन

बीमा कम्पनी

बीमा शुल्क आर्जन

बृद्धि (%)

पुस २०७५

पुस २०७४

एशियन लाइफ इन्स्योरेन्स

1,734,888.19

1,214,423.38

42.86

गुराँस लाइफ इन्स्योरेन्स

719,958.08

556,514.32

29.37

लाइफ इन्स्योरेन्स कर्पोरेसन

5,782,290.56

4,482,531.60

29.00

नेपाल लाइफ इन्स्योरेन्स

10,475,476.19

7,145,432.08

46.60

नेशनल लाइफ इन्स्योरेन्स

2,984,059.20

2,458,501.17

21.38

प्राइम लाइफ इन्स्योरेन्स

1,222,824.00

933,511.00

30.99

सूर्या लाइफ इन्स्योरेन्स

953,326.00

681,216.00

39.94

मेट लाइफ इन्स्योरेन्स

1,866,895.00

1,683,011.00

10.93

राष्ट्रिय बीमा संस्थान

4,405,677.00

1,595,154.00

176.19

जम्मा

30,145,394.22

20,750,294.55

 

बीमाको दायरा विस्तार हुँदै
दुई वर्ष अगाडि ६/७ प्रतिशत जीवन बीमाको हिस्सा रहेकोमा नयाँ कम्पनी आएसँगै बीमा पहुँच बढ्दो क्रममा देखिएको छ। जीवन बीमाको पहुँच १३ प्रतिशतको हाराहारीमा पुगेको छ। गत आर्थिक वर्षको तुलनामा बीमा शुल्क औषतमा ४७ प्रतिशतले बढ्दा पहुँच पनि विस्तार हुनेछ।