उपत्यकाका होटल र पार्टी प्यालेशमा भारतीय कुखुराको मासु प्रतिवन्ध, रोक्न बन्यो कार्यदल

बिजमाण्डू
२०७५ फागुन १ गते १०:४७ | Feb 13, 2019
उपत्यकाका होटल र पार्टी प्यालेशमा भारतीय कुखुराको मासु प्रतिवन्ध, रोक्न बन्यो कार्यदल


काठमाडौं। काठमाडौं उपत्यकामा रहेको होटल, पार्टी प्यालेश, रेष्टुरेन्ट र कोल्ड स्टोरेजमा अवैध रुपमा भारतबाट भित्रिएका तयारी मासु प्रयोगमा प्रतिवन्ध लगाइने भएको छ।

Tata
GBIME
Nepal Life

सरकारको संयोजकत्वमा पोल्ट्री व्यवसायी समेतको सहभागितामा होटल र पार्टी प्यालेशमा भारतीय तयारी कुखुराको मासु रोक्न  अनुगमन कार्यदल गठन गरिएको छ। यो कार्यदलले काठमाडौं, भक्तपुर र ललितपुरको होटल, रेष्टुरेन्ट र पार्टी प्यालेशको अनुगमन गर्नेछ।

मंगलबार काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेका दाना उद्यमी, ह्याचरी उद्यमी, कुखुरापालक किसान, कोल्ड स्टोर व्यवसायी र चल्ला दाना वितरकको संयुक्त भेलाले यो निर्णय गरेको हो। जिउँदो ब्रोइलर कुखुरा र चल्ला चेकजाँचका लागि भेटेरीनरी डाक्टरका लागि भेटेरीनरी एशोसिएसनलाई आग्रह गर्ने सहमति समेत भएको छ।

यो निर्णय कार्यान्वयनका लागि पशुसेवा विभागका महानिर्देशक र विभागीय प्रमुखसँग छलफल गरेर सम्वन्धित निकायलाई पत्राचार गरिने बताइएको छ। नेपाल पोल्ट्री व्यवसायमा आत्मनिर्भर भएकोमा भारतबाट अवैध रुपमा कुखुरा, अण्डा र चल्ला आयात हुन थालेका छन्।