नेपाल लाइफ इन्स्योरेन्सको नाफा २८ करोड रुपैयाँ, बीमा शुल्क ४६% ले बढेर १० अर्ब रुपैयाँ नाघ्यो

बिजमाण्डू
२०७५ फागुन १ गते ०७:४६ | Feb 13, 2019


काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको छ महिनामा २८ करोड ५ लाख रुपैयाँ नाफा गरेको छ। कम्पनीले गत वर्ष २७ करोड ९६ रुपैयाँ नाफा आर्जन गरेको थियो। कम्पनीले नयाँ जीवन बीमा कम्पनी आएसँगै आफ्नो व्यावसाय थप बढाएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले यस आर्थिक वर्षको पुस मसान्तसम्ममा बीमा शुल्क आर्जन ४६.७६ प्रतिशतले बृद्धि गरेको छ। पुसम्ममा कम्पनीले बीमा शुल्क १० अर्ब ६० करोड रुपैयाँ आर्जन गरेको छ। गतवर्ष आर्जन ७ अर्ब २२ करोड रुपैयाँ थियो।

बजारमा नयाँ १० वटा जीवन बीमा कम्पनी आउदा पनि कम्पनीले आफुलाई थप सुधार गर्न सफल भएको छ। सबैभन्दा उच्च प्रतिफल, समयानुकुल बजार प्रबर्द्धन रणनीति, बढ्दो जनचेतना र बीमितको सर्वोपरि हितका क्षेत्रमा काम गरेर आफुलाई अग्रणी स्थानमा राख्न सफल भएको कम्पनीले जनाएको छ।

बीमा शुल्क आर्जन सँगै कम्पनीले बीमितको दाबी भूक्तानीमा पनि प्राथमिकता दिदै आएको छ।कम्पनीले पुससम्ममा २८ हजार ४२८ वटा बीमा लेखको ५ अर्ब २० करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ। कम्पनीले अझै एक अर्ब ७८ करोड रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ।

बैंक तथा वित्तीय संस्थाको उच्च व्याजदरको फाइदा उठाउदै कर्जा लगानी तथा अन्य आयबाट २ अर्ब १८ करोड रुपैयाँ आर्जन गरेको छ। गत वर्षको यहि अवधिमा कम्पनीले यस्तो आम्दानी एक अर्ब ८७ करोड रुपैयाँ गरेको थियो।

कम्पनीले आफ्नो अल्पकालिन लगानीलाई घटाएर दीर्घकालिन लगानी ११३ प्रतिशतले बढाएको छ। यसै अवधिसम्ममा कम्पनीले १० अर्ब २९ करोड रुपैयाँ अल्पकालिन लगानी गरेको छ भने ४३ अर्ब १२ करोड रुपैयाँ दीर्घकालिन लगानी गरको छ। अघिल्लो वर्षको नाफा तथा जगेडाबाट बोनस दिएर चुक्ता पूँजी ४२ प्रतिशतले बढाएको छ। कम्पनीको चुक्ता पूँजी ४ अर्ब ३९ करोड रुपैयाँ र जगेडामा तीन अर्ब ७३ करोड रुपैयाँ जम्मा गरेको छ। प्रतिशेयर आम्दानी १२ रुपैयाँ रहेको छ।

नाफा गणना गर्दा दीर्घकालिन दायित्वलाई पनि मूल्याङ्कन गर्नुपर्ने हुँदा बीमा कम्पनीहरुको नाफा थोरै देखिन्छ। एक्चुरियल मूल्याङ्कन गरे सँगै कम्पनीको यथार्थ दायित्व मूल्याङ्कन हुने हुँदा मुनाफा बाँड्न योग्य नाफा बढ्ने गरेको पाइन्छ। 

विवरण (रु.०००)

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी

बृद्धि (%)

पुस २०७५

२०७४

नाफा

280526

279680

0.30

बीमा शुल्क आर्जन

10603763

7225174

46.76

अहिले सम्मको बीमा शुल्क आर्जन

79159480

59602155

32.81

लगानी, कर्जा लगानी तथा अन्यबाट आय

2188979

1877009

16.62

बीमा लेख धितोमा कर्जा आय

499440

459007

8.81

खुद दाबी भुक्तानी

5200054

2256408

130.46

बाँकी दाबी भुक्तानी

1783981

835468

113.53

दाबी भुक्तानी संख्या

28448

18368

54.88

अल्पकालिन लगानी

10295096

26557786

-61.24

दीर्घकालिन लगानी

43126682

18553821

132.44

चक्ता पूँजी

4396928

3096428

42.00

जगेडा कोष

3736170

5029426

-25.71

प्रतिशेयर आम्दानी (रु.)

12