अध्ययनका लागि विदेश जान चाहनेका लागि माछापुच्छ्रे बैंकको  एजुकेशन हब, शैक्षिक ऋण उपलब्ध हुने




काठमाडौं। माछापुच्छ्रे बैंकले उच्च शिक्षा अध्ययनका लागि विदेश जानचाहने नेपाली विद्यार्थीहरुको सुविधालाई ध्यानमा राखी ‘एजुकेसन हब’ सेवा शुरु गरेको छ। 

बैंकले एकद्वार प्रणालीमार्फत सम्पूर्ण शैक्षिक कर्जा र अनलाईन भुक्तानी सेवा सम्बन्धित परामर्श तथा सेवाहरु सहज रुपमा प्रदान गर्ने उद्दश्यले ‘हब’ सञ्चालनमा ल्याएको हो। ‘हब’बाट विद्यार्थीहरुले तुरुन्तै बैंकको खाता समेत खोल्न सक्नेछन्।
TATa
Swostik Collage


बैंकको काठमाण्डौस्थित पुतलीसडक शाखाबाट सेवाहरु ग्राहकहरुलाई प्रदान गरिने बैंकले जनाएको छ। अब उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने नेपाली विद्यार्थीहरुले शैक्षिक कर्जा सम्बन्धि सम्पूर्ण जानकारी प्राप्त गर्न सक्ने बैंकको विज्ञप्तिमा उल्लेख छ। 

विद्यार्थीले ‘हब’ बाटै सम्पूर्ण अनलाईन भुक्तानी सेवा पिटिई, आएल्टस्, जिम्याट, जिआरई, टोफेल, स्याट, यूएसएमएली, एसिटी, एसिसिए, अष्टे«लियन भिषा शूल्क, कलेज आवेदन, सेमिनार दर्ता, ट्रान्स्क्रिप्ट अर्डर आदि बारे जानकारी लिन तथा सेवा उपभोग समेत गर्न सक्ने बैंकले जनाएको छ।

विद्यार्थीले शाखामार्फत आफुलाई उपयोगी बैंकको स्टुडेन्ट सेभिङ बचत खाता पनि तुरुन्तै खोल्न सक्नेछन्। यस सेवाबाट विशेष गरी उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरु लाभान्वित हुने विज्ञप्तिमा उल्लेख छ। 

Share this Story

   

अध्ययनका लागि विदेश जान चाहनेका लागि माछापुच्छ्रे बैंकको  एजुकेशन हब, शैक्षिक ऋण उपलब्ध हुने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.