शेयर बजारमा 'पेनिक सेल', दोहोरो अंकको गिरावट, ठूला कम्पनीको शेयर मूल्य झर्न थाल्यो




काठमाडौं। अर्थतन्त्रका केही नकारात्मक सूचकले गर्दा शेयर बजारमा 'पेनिक सेल' देखिएको छ। पेनिक सेलका कारण आइतबार बजार दोहोरो अंकले घटेको हो। कारोबार सुरु भएदेखि नै घट्न थालेको शेयर बजार अन्तिममा १२.०५ अंकले गिरावट हुँदा नेप्से सूचक ११२७.५३ अंकमा ओर्लेको छ। 

बजारमा बैंकिङ तरलताको समस्या कायमै छ। बैंकबाट शेयर कर्जा लिएर शेयर किन्न सक्ने अवस्था छैन। यसले गर्दा ठूला लगानीकर्ता बजारमा छैनन्। बजार थप घट्ने संकेत देखेर संगठित लगानीकर्ताले मूल्य माथि रहेका कम्पनीको शेयर बिक्री गर्न थालेपछि बजार थप पेनिक देखिएको छ। 
Tata
Swostik Collage


बजार घट्न थालेपछि सक्रिय लगानीकर्ताले शेयर बेचेर भोलिका दिनमा थप घट्न सक्ने आँकलन गर्दै पैसा जोहो गर्न थालेको बजार विश्लेषकहरु बताउँछन्। सञ्चार मन्त्रीले नेपाल टेलिकमको शेयर सर्वसाधारणलाई बिक्री गर्ने भाषण गरेसँगै कम्पनीको शेयर पछिल्लो समय घटिरहेको छ। 

धेरै शेयर पूँजी भएका कम्पनीहरुको बजार मूल्य पनि घटिरहेको छ। नेपाल टेलिकम तथा अपर तामाकोशी लगायतको शेयर मूल्य घट्दा सूचक पनि घटेको हो। 

सबैभन्दा धेरै माछापुच्छ्रे बैंकको एक करोड ४० लाख रुपैयाँको कारोबार भएको छ। राम्रो वित्तीय अवस्था सार्वजनिक गरेसँगै होटलको सूचक बढेको छ। होटल बाहेक सम्पुर्ण सूचक तथा उपसूचक ओरालो लागेको छ। 

विजय लघुवित्तका शेयरधनीले सबैभन्दा धेरै १.७६ प्रतिशतले बढेको छ भने सामुदायिक लघुवित्तको सबैभन्दा धेरै ५.०४ प्रतिशतले मूल्य घटेको छ। 

Share this Story

   

शेयर बजारमा 'पेनिक सेल', दोहोरो अंकको गिरावट, ठूला कम्पनीको शेयर मूल्य झर्न थाल्यो को लागी १ प्रतिक्रिया(हरु)

Basanta Mani Pokharel[ 2019-02-10 05:44:12 ]
चर्को बैंक ब्याजदर, निरन्तर थपिएको आपूर्ति अनि लगानीकर्ताको नकारात्मक मनोविज्ञान नै सेयर बजार लगातार ओरालो लाग्ने प्रमुख कारण मानिएको छ । यो थाहा भएका कुरा बारम्बार भनेर केहि अर्थ छैन र यो कुरम्मा पहल भएको खोइ त वा काम भएको भए एसको आउट पुट खोइ त त्यसकारण यस्ता कुरा रटेर मात्र केहि हुने वाला छैन फेरी अब यी कुराको समाधान पनि आउनु पर्यो बुँदागत रुपमा खाली समस्या मात्र भन्न त जसले पनि सक्छ जस्तो चर्को ब्याजदर घटाउन के गर्ने अहिले भएको प्रयास किन सफल हुन सकेन त्यसको समिछा हुनु पर्यो अनि निरन्तर किन आपूर्ति गरिएको छ त यदि खपत गर्न सकिन्न भने र खाली शेयर संख्या थपेर मात्र हुन्न यो त झन् घातक हुन सक्ला खोइ त यसमा गम्भीर समिछ्या भएको अनि यो आपूर्तिलाई समाधान गर्न के गर्नु पर्ला सुझाब पनि हुन र गर्न सकिन आउनु पर्यो र धेरै हद सम्म पुरा हुनु पर्यो र त्यसको समाधान के हुन सक्छ बुँदा गत रुपमा आउनु पर्यो अर्को कुरा यस्ता जटिल कुरा अगाडी आएपछि कुन लगानीकर्ताको मनोविज्ञान माथि हुन सक्छ खाली प्येनिक बनाइरहने अनेक हल्ला गरेर र केहि गर्दा पनि समस्या हल नहुदा कुन लगानिकर्ता दुखि हुन्न र धन्न नेपाली लगानीकर्ताका धैर्यता छ केहि मा बाहेक त टिकेका छन् नत्र के के बिकराल भै सक्थ्यो हुन त भित्र भित्र के के भयो होला सबै बाहिर नआएको पनि हुन सक्छ त्यसकारण यहाँ येस्ता सुझाब सल्लाह कति आए खोइ केहि पनि काम हुन्न भए पनि त्यसको आउट पुट केहि देखिन्न अब केहि होला भन्यो उस्तै अब केहि होला भन्यो उस्तै यो शेयर बजारको घैटोमा कहिले घाम लाग्ने हो थाहा छैन दिन क किन डबल अंकले शेयर को भाउ वा नेप्से घट्दै जाने हो भने के होला खै माथि जान्छ नेप्से ३५०० सम्म जान सक्छ जस्ता हल्ला पनि आए फास न फुस हेरेको हेरयै

   हालसम्म १४५ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements



bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.