युनिभर्सल पावर कम्पनीको ९३ लाख २७ हजार कित्ता शेयर खुल्यो, स्थानीयले नकिनेको हिस्सा पनि बेचिँदै




काठमाडौँ। युनिभर्सल पावर कम्पनीले शुक्रवारदेखि प्राथमिक शेयर खुला गरेको छ। कम्पनीले ९३ लाख २७ हजार ४१० कित्ता शेयर खुल्ला गरेको हो। 

जसमा स्थानीयले खरिद नगरेको १७ लाख ६६ हजार १५० कित्ता शेयरसमेत समावेश छ। कम्पनीले स्थानीय आयोजना प्रभावित क्षेत्र दोलखा जिल्ला बासिका लागि २१ लाख कित्ता शेयर निष्काशन गरेको थियो।

कम्पनीले कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ८६ लाख ७४ हजार ४९२ कित्ता शेयर सर्बसाधारणका लागि निष्काशन गरेको छ। सर्वसाधारणले न्यूनतम ५० कित्तादेखि अधिकतम ५० लाख कित्तासम्म आवेदन दिन सक्छन्। 

Sipradee
LOTSE


कम्पनीको शेयर माघ २९ गतेसम्म खुला हुने छ। उक्त अवधिमा शेयर बिक्री नभए फागुन २६ सम्म आवेदन खुल्ला हुने छ। कम्पनीको शेयरमा देशैभरिका आस्वा र सी-आस्वा सेवा प्रदायकबाट शेयर आवेदन दिन सकिने बिक्री प्रबन्धक सिद्धार्थ कायापिटलले जनाएको छ।


Share this Story

   

युनिभर्सल पावर कम्पनीको ९३ लाख २७ हजार कित्ता शेयर खुल्यो, स्थानीयले नकिनेको हिस्सा पनि बेचिँदै को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.