युवा उद्यमीको संस्था ग्लोबल शेपर्सले काठमाडौंमा गर्यो शेप टक, यस्तो थियो एजेण्डा





काठमाडौं। ग्लोबल शेपर्स कम्युनिटी काठमाडौं हबले डिएभी स्कुलमा दोस्रो शेप टक कार्यक्रम गरेको छ। कार्यक्रममा डिसिए नेपालले नो मोर लिमिट्स सर्ट भिडियो प्रतिस्पर्धा अन्तर्गत चार वटा भिडियो प्रदर्शन गरिएको थियो।

संस्थाका अनुसार राजोवती, निर्लज्ज, ५ इन १००८० र फष्ट ब्लड प्रदर्शन गरिएको थियो। भिडियो देखाएपछि निर्माणकर्ता रेवती गुरुङ, प्रशान्त पौडेल, दीपेश पौडेल र महिनावारी क्षेत्रका विशेषज्ञ राधा पौडेलबीच महिनावारी सम्वन्धि महिलाले भोगेका समस्या बारेमा छलफल भएको थियो। छलफलमा ग्लोबल शेपर्सका सलोनी सेठियाले संयोजकको भूमिका निभाएकी थिईन्।
Sunrise Bank
Sipradee


छलफलमा महिनावारी हुँदा महिलालाई हेर्ने दृष्ट्रिकोणबाट परेको प्रभावका बारेमा छलफल केन्द्रित थियो। ग्लोबल शेपर्स नेपाल वर्ल्ड इकोनोमिक फोरम अन्तर्गत विश्वका विभिन्न देशका शहरहरुमा युवा उद्यमीद्धारा संचालित संजालको नेपालको प्रतिनिधी संस्था हो। संस्थामा २०देखि ३० वर्षसम्मका युवा उद्यमीहरु सामाजिक काममा सहभागी हुन्छन्।

Share this Story

   

युवा उद्यमीको संस्था ग्लोबल शेपर्सले काठमाडौंमा गर्यो शेप टक, यस्तो थियो एजेण्डा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.