युनाइटेड सिमेन्टको नयाँ क्याम्पेनमा गुणस्तर विभागको कैची, ‘भ्रमपूर्ण विज्ञापन तत्काल रोक्नु’

बिजमाण्डू
२०७५ माघ २३ गते १८:५९ | Feb 6, 2019
युनाइटेड सिमेन्टको नयाँ क्याम्पेनमा गुणस्तर विभागको कैची, ‘भ्रमपूर्ण विज्ञापन तत्काल रोक्नु’


काठमाडौं। युनाइटेड सिमेन्ट्सले भ्रमपूर्ण विज्ञापन प्रकाशित गरेको भन्दै नेपाल गुणस्तर तथा नापतौल विभागले विज्ञापन रोक्न निर्देशन दिएको छ।

Tata
GBIME
Nepal Life

यो उद्योगले मंगलबार म्याग्नेसियम अक्साइड(एमजिओ) र क्लोराइड कम भएको भन्दै नयाँ क्याम्पेन सुरु गरेको थियो। विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले उपभोक्तालाई भ्रमित बनाउने विज्ञापन रोक्न निर्देशन दिइसकेको बताए।‘उद्योगले उपभोक्तामा भ्रम छर्ने उदेश्य देखियो। हामीले तत्कालै विज्ञापन रोक्न निर्देशन दिएका छौं’ उनले बिजमाण्डूसँग भने,’हामीले संचालकहरुलाई समेत बोलाएका छौं।’ यो उद्योग केएल दुगड समूहको हो। युनाइटेडको उद्योग धादिङमा छ भने खानी ललितपुरमा छ।

उनले उद्योगसँग लिखितनै स्पष्टीकरण माग्ने समेत जानकारी दिए। पुडासैनीले विज्ञापनलाई निरन्तरता दिए कानुनी कार्वाही गर्ने बताए। भ्रमपूर्ण विज्ञापन प्रकासित गर्नेलाई एक महिना कैद र एक हजार रुपैयाँ जरीवाना गर्न सकिने प्रावधान रहेको उनले बताए।

उद्योगले म्याग्नेसियम अक्साइड धेरै भएको सिमेन्ट चिरा र दरार देखिने र अत्याधिक कोलोराइड भएको सिमेन्टले छडमा खिया लाग्ने भन्दै विज्ञापन क्याम्पेन सुरु गरेको थियो। नेपाल गुणस्तर अनुसार सिमेन्टमा बढीमा पाँच प्रतिशतसम्म एमजिओलाई टोलरेन्स मानिएको छ। भारतमा एमजिओ ६ प्रतिशतसम्मलाई मान्यता दिइएको छ।