नेपाल टेलिकमको प्रिपेड ग्राहकलाई पनि अब रोमिङको सुविधा, पोस्टपेडको रोमिङ धरौटी घटाइयो

बिजमाण्डू
२०७५ माघ २२ गते १३:१० | Feb 5, 2019
नेपाल टेलिकमको प्रिपेड ग्राहकलाई पनि अब रोमिङको सुविधा, पोस्टपेडको रोमिङ धरौटी घटाइयो

काठमाडौं। नेपाल टेलिकमले प्रिपेड ग्राहकका लागि पनि अन्तर्राष्ट्रिय रोमिङ कल सेवा सुरु गर्ने भएको छ। अहिले पोस्टपेड ग्राहकका लागि मात्रै दिइएको यस्तो सुविधा अब प्रिपेडमा पनि सुरु गरिने टेलिकमले जनाएको छ। 

Tata
GBIME
Nepal Life

टेलिकमले पहिलो चरणमा प्रिपेड ग्राहकका लागि भारत र चीनमा यो सेवा उपल्बध गराउने तयारी गरेको छ। आफ्नो १५ औँ वार्षिकोत्सवमा कम्पनीले यो जानकारी दिएको हो। 

कम्पनीले पोस्टपेड ग्राहकले यो सुविधा लिँदा लाग्ने धरौटी पनि घटाइसकेको छ। यसअघि ३० हजार रुपैयाँ धरौटी राख्नुपर्ने व्यवस्था रहेकोमा यही जनवरी १ देखि १० हजारमा झारिएको थियो। 

यसैगरी टेलिकमले एक वर्षदेखि निरन्तर एसिएसलमार्फत इन्टरनेट चलाइरहेका ग्राहकलाई अप्टिकल फाइबरमा माइग्रेट हुँदा लाग्ने शुल्कमा सहुलियत दिने पनि जनाएको छ।