बर्ष दिनभित्र देशभरी फोरजी/एलटीई सेवा बिस्तार गर्न एनटिसीले जेडटीई र सीसीएसआईलाई भित्र्यायो

बिजमाण्डू
२०७५ माघ २० गते १६:१९ | Feb 3, 2019
बर्ष दिनभित्र देशभरी फोरजी/एलटीई सेवा बिस्तार गर्न एनटिसीले जेडटीई र सीसीएसआईलाई भित्र्यायो

काठमाडौं। नेपाल टेलिकमको फोरजीरएलटीई सेवा विस्तारका लागि सम्झौता सम्पन्न भएको छ। संसदको अर्थ समिति, विकास तथा प्रविधि समिति र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्राप्त निर्देशन तथा सार्वजनिक खरिद ऐन र कम्पनीको आर्थिक विनियमावलीमा रहेको व्यवस्थाको अधिनमा रही सम्झौता गरिएको एनटिसीले जनाएको छ।

Tata
GBIME
Nepal Life

फोरजीरएलटीई सेवा विस्तारका लागि आवश्यक कोर नेटवर्क र रेडियो एक्सेस नेटवर्क– र्यान (आरएएन) को लागि चिनियाँ कम्पनी जेडटीई र सीसीएसआई हङकङसँग सम्झौता भएको हो। 
    
सम्झौता पत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र जेडटीई तथा सीसीएसआईका प्रतिनिधिले हस्ताक्षर गरेका छन्।

नेपालभर ६५ लाख क्षमताको फोरजीरएलटीई विस्तारका लागि एउटा कोर नेटवर्क र दुई वटा र्यान नेटवर्क तयार गरिने छ। यसका लागि मूख्य कोर नेटवर्क काठमाडौं र बुटवलमा रहने छ। 
    
¥यान नेटवर्क अन्तर्गत नेटवर्क १ र नेटवर्क २ मार्फत सातै प्रदेशमा सेवा विस्तार गरिने छ। एक बर्षभित्र परियोजना सकिने छ।

टेलिकमले मुलुकमै पहिलो पटक २०७३ पुस १७ गते काठमाडौँ उपत्यका र पोखरामा फोरजी/एलटीई सेवा सञ्चालन गरेको थियो। देशभर यो सेवा विस्तार भएपछि टुजी, थ्रिजी र फोरजी नेटवर्कलाई ओभरलेको रुपमा सञ्चालन गरिने छ।