चाइना साउदर्नद्वारा एकै दिनमा तीन लाख यात्रुलाई सेवा, ८ सय ४० जहाजमार्फत उडान

रासस
२०७५ माघ ९ गते १०:३७ | Jan 23, 2019
चाइना साउदर्नद्वारा एकै दिनमा तीन लाख यात्रुलाई सेवा, ८ सय ४० जहाजमार्फत उडान



चीन। चिनियाँ पर्व, ‘स्प्रिङ फेस्टिभल’ को चहलपहल शुरू हुँदैगर्दा चीनको प्रसिद्ध विमान कम्पनी ‘चाइना साउदर्न एअरलाइन’ ले सोमबार एकै दिनमा तीन लाख नागरिकलाई सेवा दिएको कम्पनीले बताएको छ ।

Tata
GBIME
Nepal Life

वसन्त ऋतुलाई स्वागत गर्ने पर्व, ‘स्प्रिङ फेस्टिभल’ लाई उल्लासमय पार्न विदेशमा रहेका तथा स्वदेमा रहने अधिकांश चिनियाँ घर फर्कने गर्छन् । चाइना साउदर्नले सोमबार एक हजार आठ सय उडान भरेको र यसबाट तीन लाख नागरिकलाई सेवा दिएको कम्पनीले बताएको हो।क्वानझाओमा मुख्य कार्यालय रहेको उक्त विमानकम्पनीले आफ्ना ८४० विमानमार्फत विश्वकै तेस्रो र एसियाकै सवैभन्दा धेरै उडान भर्ने गर्छ ।

विमान कम्पनीले यात्रुहरूको यात्रा अनुभव तथा विमान कम्पनीको दक्षतालाई समयसापेक्ष बनाउन विभिन्न डिजिटल प्रविधिको प्रयोग गर्ने गरेको साथै यसले चीनको फैलँदो नागरिक उडड्यन सेवाको मागलाई समयसापेक्ष सम्बोधन गरेको कम्पनीको दावी छ ।चाड अवधिभर अर्थात जनवरी २१ देखि मार्च १ सम्म विमानमार्फत सात करोड ३० लाख चिनियाँहरूले यात्रा गर्ने अनुमान गरिएको चीनको नागरिक उड्ययन प्रशासनले बताएको छ । यो गत बर्षको तुलनामा १२ प्रतिशतको वृद्धि हो ।